प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गरे वृक्षरोपण « Khabarhub

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गरे वृक्षरोपण


१६ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले काठमाडौं महानगरपालिका-१ नक्सालस्थित नन्दीकेश्वर बगैँचा नारायणचौरमा बुधबार वृक्षरोपण गरेका छन् ।

राष्ट्र सेवक कर्मचारी वृक्षरोपण अभियान अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालको आयोजना तथा हिमाल अस्पताल कमलपोखरी र वातावरण मैत्री समाज मैतीदेवीको सहकार्यमा वृक्षरोपण कार्यक्रम शुभारम्भ गरी विभिन्न जातका विरुवाहरूको वृक्षरोपण गरिएको हो ।

वृक्षरोपण पश्चात प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बगैँचा संरक्षण तथा संवर्द्धनमा नेपाल प्रहरीको सदैव सहकार्य हुने बताउए । समुदाय तथा वातावरणसँग जोडिएको विषय भएकोले वृक्षरोपण कार्य महत्‍वपूर्ण रहेको उनले बताए ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीको साथै सामुदायिक सेवा केन्द्र नक्सालका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठ, वातावरणमैत्री समाजका अध्यक्ष राधेश्याम मिश्र, उक्त सेवा केन्द्रका पदाधिकारीहरू लगायत हिमाल अस्पताल, सानिमा बैंक र नेपाल यूथ फिटनेसका प्रतिनिधिहरूले समेत वृक्षरोपण गरेका थिए ।

उक्त अवसरमा ज्याकारान्डा, रुद्राक्ष, अम्बा, पैँयु लगायत विभिन्न जातका विरुवाहरू रोपिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १० : ०१ बजे

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ