महिलालाई प्रतिवन्ध लगाएपछि काबुलका क्यापस सुनसान « Khabarhub

महिलालाई प्रतिवन्ध लगाएपछि काबुलका क्यापस सुनसान


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन् ।

तालिवान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू क्याम्पस नगएकाले क्याम्पस सुनसान भएका हुन् ।

पहिला पहिला भिडभाड तथा चहल पहल हुने क्याम्पसहरूमा अहिले शान्त र सुनसान भएको शिक्षकहरूले जानकारी दिएका छन् ।

अमेरिकाबाट प्रकाशित हुँदै आएको वासिङ्टनपोष्टले प्रकाशित गरेको समाचारअनुसार क्याम्पसहरूमा पुरुषहरु मात्रै देखिएका छन् ।

तालिवान सरकारले महिलाहरूलाई शैक्षिक संस्थाहरुमा गएर अध्ययन अध्यापन गर्न, सार्वजनिक कार्यक्रममा सहभागी हुन, एक्लै घर बाहिर निस्कन प्रतिवन्ध लगाएको छ ।

सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ भने छात्रा तथा शिक्षिकाहरूले पनि असन्तुष्टि जनाउँदै आएका छन् ।

विद्यालय गएका छात्राहरूलाई पनि इस्लामिक पोशाक लगाएर जानु पर्ने र कक्षामा छात्रहरूसँग राख्न नहुने मापदण्ड तय गरिएको छ ।

तालिवान प्रवक्ता बिलाल कारिमीले भने महिलाहरूकै हितका लागि यस्ता व्यवस्था गरिएको दावी गरेका छन् ।

अफगानिस्तानमा तालिवान विद्रोहीहरुले अघिल्लो महिना सत्ता कब्जा गरेपछि आफ्नो सरकार बनाउदै नयाँ व्यवस्थाहरु लागू गरेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : २० बजे

गोरखामा मरुवा सङ्क्रमणका कारण चैते धानमा क्षति

गोरखा – गोरखामा व्यावसायिक रूपमा लगाइएको चैतेधानमा मरुवा रोगको सङक्रमण

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको