विश्वभर २४ घण्टामा ४ लाख ८१ हजार कोरोना संक्रमित थपिए « Khabarhub

विश्वभर २४ घण्टामा ४ लाख ८१ हजार कोरोना संक्रमित थपिए

४ लाख ५६ हजार २९४ जना संक्रमणमुक्त


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ८१ हजार ३३० जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा १ लाख १० हजार ९५०, बेलायतमा ३६ हजार ४८०, टर्कीमा २९ हजार १०४, ब्राजिलमा २७ हजार ५२७, भारतमा २७ हजार ३०० र रुसमा २३ हजार ८८ जना संक्रमित थपिएका हुन् ।

यही अवधिमा ७ हजार ६२४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये अमेरिकाका एक हजार ७२२, रुसमा ८६७, ब्राजिलमा ६३७, भारतमा २८२, टर्कीमा २१६ र बेलायतमा १३७ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै कुल मृतकको संख्या ४७ लाख ९६ हजार २१९ पुगेको छ । कुल संक्रमित २३ करोड ४५ लाख २१ हजार २२३ मध्ये हालसम्म २१ करोड १३ लाख १४ हजार ७८२ जना निको भइसकेको छन् ।

पछिल्लो २४ घण्टामा मात्र ४ लाख ५६ हजार २९४ जना संक्रमणमुक्त भएका छन् । तीमध्ये अमेरिकामा मात्र ७३ हजार, टर्कीमा ३२ हजार, बेलायतमा ३१ हजार, भारतमा २८ हजार ब्राजिलमा २० हजार र रुसमा १८ हजार बढी कोरोना संक्रमित निको भएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : २९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने