विश्वभर २४ घण्टामा ४ लाख ८१ हजार कोरोना संक्रमित थपिए | Khabarhub Khabarhub

विश्वभर २४ घण्टामा ४ लाख ८१ हजार कोरोना संक्रमित थपिए

४ लाख ५६ हजार २९४ जना संक्रमणमुक्त


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ८१ हजार ३३० जना कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सबैभन्दा धेरै अमेरिकामा १ लाख १० हजार ९५०, बेलायतमा ३६ हजार ४८०, टर्कीमा २९ हजार १०४, ब्राजिलमा २७ हजार ५२७, भारतमा २७ हजार ३०० र रुसमा २३ हजार ८८ जना संक्रमित थपिएका हुन् ।

यही अवधिमा ७ हजार ६२४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये अमेरिकाका एक हजार ७२२, रुसमा ८६७, ब्राजिलमा ६३७, भारतमा २८२, टर्कीमा २१६ र बेलायतमा १३७ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै कुल मृतकको संख्या ४७ लाख ९६ हजार २१९ पुगेको छ । कुल संक्रमित २३ करोड ४५ लाख २१ हजार २२३ मध्ये हालसम्म २१ करोड १३ लाख १४ हजार ७८२ जना निको भइसकेको छन् ।

पछिल्लो २४ घण्टामा मात्र ४ लाख ५६ हजार २९४ जना संक्रमणमुक्त भएका छन् । तीमध्ये अमेरिकामा मात्र ७३ हजार, टर्कीमा ३२ हजार, बेलायतमा ३१ हजार, भारतमा २८ हजार ब्राजिलमा २० हजार र रुसमा १८ हजार बढी कोरोना संक्रमित निको भएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : २९ बजे

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ : देव गुरुङ

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव

शिक्षकले राजनीति नगरौँ : गिरिराजमणि पोखरेल

बैतडी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव तथा सुदूरपश्चिम

राखेपद्वारा ‘मिसन २०२६’ मा पाँच खेल थप

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ‘मिसन २०२६’ अन्तर्गत राष्ट्रिय

सामुदायिक वनमा पक्की भवन निर्माण हुने

सिरहा – वन संरक्षण र पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले

नेतान्याहुसहित इजराइली र हमास नेताका लागि पक्राउ पुर्जी माग

जेरुसेलम – अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का मुख्य अभियोजकले सोमबार