काठमाडौँ जिल्ला प्रशासन कार्यालयको आदेश गए रातिदेखि लागू | Khabarhub Khabarhub

काठमाडौँ जिल्ला प्रशासन कार्यालयको आदेश गए रातिदेखि लागू


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले गए राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै अनावश्यक रुपमा मानिस घर बाहिर निस्कने, जम्मा हुने, भीड गर्ने, सभा, जुलुस र भीडभाड नगर्ने-नगराउने आदेश जारी गरेको हो । बैठक, गोष्ठी, सेमिनारहरु भर्चुअल माध्यमबाट गर्नुपर्ने यदी भौतिकरुपमै गर्नैपर्ने भएमा स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गराउनुपर्ने भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले आदेश जारी गर्दै न्यूनतम सहभागितामा र सांकेतिकरुमा चाडपर्व मनाउन आग्रह गरेका हुन् ।

प्रशासनले आधिकारिक टिकट काउन्टरबाट मात्र टिकट खरिद गर्न पनि आग्रह गरेको छ । सार्वजनिक यातायातमा स्वीकृत क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने आदेश पनि भएको छ ।

होटल पार्टी प्यालेसमा बढीभन्दा बढी मानिसलाई सहभागी गराउनुपरे एन्टीजेन, पीसीआर परीक्षणको व्यवस्था मिलाउन भनिएको छ । वित्तिय संस्थालाई अनलाइनबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत प्रशासनले आदेश दिएको छ । उद्योग कलकारखाना, होटल, रेष्टुरेन्ट, सिनेमा, हल, व्यायमस्थल लगायतलाई कोभिड मापदण्ड पालना गर्दै संचालन गर्न समेत आदेश दिइएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : ५२ बजे

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको

सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतम नेतृत्वको समिति

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका

सरकारले भन्यो : ब्याण्डविथ खरिद वापतको भुक्तानीमा अवरोध गरिएको छैन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा