एमाले विधान महाधिवेशन आजबाट, ६ हजार बढी प्रतिनिधि सहभागी हुने | Khabarhub Khabarhub

एमाले विधान महाधिवेशन आजबाट, ६ हजार बढी प्रतिनिधि सहभागी हुने


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको विधान महाधिवेशन आज (शुक्रबार)देखि सुरू हुँदैछ ।

ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा मध्याह्न साढे १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तयारी छ ।

उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप-महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कोरोना महामारीप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालकहरू सबैको लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै व्यवस्थापन गरिएको छ ।

६ हजारभन्दा बढी प्रतिनिधि

विधान महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुने एमालेले जनाएको छ ।

प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको बताइएको छ ।

तीमध्ये ३ हजार प्रतिनिधिहरु मूल सभाहलमा रहनेछन् भने हलको दायाँ वायाँको खाली हलहरूमा १÷१ हजार प्रतिनिधिहरूको लागि बस्ने प्रबन्ध गरिएको छ ।

पदाधिकारी एवं स्थायी कमिटीका सदस्यहरुको सिट व्यवस्थापन मंचमा गरिएको छ ।

कार्यतालिका

महाधिवेशनको दोस्रो दिन भाेलि समूह छलफल र समूह नेताबाट सुझावहरुको प्रस्तुति गरिनेछ ।

तेस्रो दिन पर्सि दस्तावेज प्रस्तोता हरुको समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।

विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको सूची

१. केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु १९६
२. केन्द्रीय आयोग तथा परिषद्– २१३
३. केन्द्रीय विभाग– ३१०
४. जनसंगठन– २२०
५. प्रदेश कमिटी– २२७१
६. उपत्यका विशेष कमिटी– १९८
७. सम्पर्क समन्वय कमिटी– ३६०
८. जिल्ला कमिटीका पदाधिकारी– ३६४
९. निर्वाचन क्षेत्रबाट– ४०७
१०. प्रवास क्षेत्र– १२६
११. स्थानीय, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरु– ९३४
१२. एकता प्रक्रियाबाट समायोजन– ५३२
१३. केन्द्रीय कमिटीबाट मनोनयन– ५६६

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ७ : ३९ बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज