एमाले विधान महाधिवेशन आजबाट, ६ हजार बढी प्रतिनिधि सहभागी हुने « Khabarhub

एमाले विधान महाधिवेशन आजबाट, ६ हजार बढी प्रतिनिधि सहभागी हुने


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको विधान महाधिवेशन आज (शुक्रबार)देखि सुरू हुँदैछ ।

ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा मध्याह्न साढे १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तयारी छ ।

उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उप-महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कोरोना महामारीप्रति संवेदनशील हुँदै मास्क, सेनिटाइजरको प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालकहरू सबैको लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशन स्थलमै व्यवस्थापन गरिएको छ ।

६ हजारभन्दा बढी प्रतिनिधि

विधान महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधिहरूको सहभागितामा हुने एमालेले जनाएको छ ।

प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको बताइएको छ ।

तीमध्ये ३ हजार प्रतिनिधिहरु मूल सभाहलमा रहनेछन् भने हलको दायाँ वायाँको खाली हलहरूमा १÷१ हजार प्रतिनिधिहरूको लागि बस्ने प्रबन्ध गरिएको छ ।

पदाधिकारी एवं स्थायी कमिटीका सदस्यहरुको सिट व्यवस्थापन मंचमा गरिएको छ ।

कार्यतालिका

महाधिवेशनको दोस्रो दिन भाेलि समूह छलफल र समूह नेताबाट सुझावहरुको प्रस्तुति गरिनेछ ।

तेस्रो दिन पर्सि दस्तावेज प्रस्तोता हरुको समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयहरूलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।

विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको सूची

१. केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु १९६
२. केन्द्रीय आयोग तथा परिषद्– २१३
३. केन्द्रीय विभाग– ३१०
४. जनसंगठन– २२०
५. प्रदेश कमिटी– २२७१
६. उपत्यका विशेष कमिटी– १९८
७. सम्पर्क समन्वय कमिटी– ३६०
८. जिल्ला कमिटीका पदाधिकारी– ३६४
९. निर्वाचन क्षेत्रबाट– ४०७
१०. प्रवास क्षेत्र– १२६
११. स्थानीय, प्रदेश र संघका निर्वाचित जनप्रतिनिधिहरु– ९३४
१२. एकता प्रक्रियाबाट समायोजन– ५३२
१३. केन्द्रीय कमिटीबाट मनोनयन– ५६६

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ७ : ३९ बजे

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौं- ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं- बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड,

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची

हनोई- जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’