उत्तर कोरियामा बहिनी किमको बढ्दो प्रभाव | Khabarhub Khabarhub

उत्तर कोरियामा बहिनी किमको बढ्दो प्रभाव


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियाली नेता किम जङ उनकी बहिनी किम यो जङ देशको सुरक्षा निकायको महत्वपूर्ण पदमा बढुवा भएकी छिन् । उत्तर कोरियाको राष्ट्रिय समाचार संस्था केसीएनएले जनाएअनुसार उनका दाजुको नेतृत्वमा रहेको स्टेट एफेयर्स कमिसनमा यो जङ सदस्य बनाइएकी छिन् ।

किम यो जङ अहिले राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने व्यक्ति हुन् र दाजुकी प्रमुख सल्लाहकार । उनलाई औपचारिक रूपमा दिइएको जिम्मेवारी यो नै सबैभन्दा ठूलो हो । कमिसनमा सात जना नयाँ सदस्य चयन भएका छन् । यसमा उनी एकमात्र महिला हुन् ।

पछिल्लो दशक किम जङ उनको आर्थिक मामलाका प्रमुख सल्लाहकार रहेका ८२ वर्षीय पाक पङ जु सहित नौ जना रिटायर्ड भए या घटुवा गराइए । उत्तर कोरियाली हतियार कार्यक्रममा योजनाकार तथा माथिल्लो तहका सैन्य कमान्डर रि प्योङ चोल पनि घटुवामा परेका छन् । उनको स्थानमा सैन्य जनरल पाक जोङ चोङ चयन भएका छन् ।

चोङले नै अहिले उत्तर कोरियाको नयाँ हतियार निर्माणको काममा अगुवाइ गरेका छन् । किमले दक्षिण कोरियासँग दोहोरो सञ्चारलाई निरन्तरता दिन आवश्यक नरहेको आशयको अभिव्यक्ति दिएको केही दिनपछि राज्यको महत्वपूर्ण निकायमा यो फेरबदल गरेका हुन् । दक्षिण कोरियाले भने दुई कोरियाबीचको वार्ताबारे सबै हेरेरमात्र धारणा बनाउने जनाएको छ ।

जुलाई महिनामा यी दुई देशबीच दोहोरो सञ्चार स्थापित भए पनि एक महिनामै भङ्ग भएको थियो । किम यो जङको बढुवालाई धेरैले अर्थपूर्ण ठानेका छन् । दाजु किमले आफ्नो उत्तराधिकारीको रूपमा बहिनी किमलाई स्थापित गर्न खोजेका हुनसक्ने अनुमान धेरैको छ । बहिनी किम अहिले नै उत्तर कोरियाको दोस्रो शक्तिशाली व्यक्ति मानिन्छिन् ।

उनको औपचारिक जिम्मेवारी आणविक हतियारसँग मात्र सम्बन्धित भए पनि गत वर्ष दक्षिण कोरियाका गुप्तचरहरूले उत्तर कोरियाको निर्णयमा उनको भूमिका दाजु किमपछि सबैभन्दा बढी प्रभावकारी रहने गरेको निष्कर्ष निकालेका थिए ।

सन् २०१८ को विन्टर ओलम्पिक टोलीसँग प्योङचाङ पुगेकी बहिन किमले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय जिनसँग भेट गरेकी थिइन् । दक्षिण कोरियाका राष्ट्रपति र उनका दाजु बीचको वार्ताको बन्दोबस्त पनि उनै मिलाएको भनिन्छ ।

यसैगरी, सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटमा दाजु किमको तर्फबाट वार्ता टोलीमा बहिनी किम पनि समावेश थिइन्।
दक्षिण कोरियाको समाचार संस्थाका अनुसार र दक्षिण कोरिया र अमेरिकासँगको वार्ताबारे बहिनी किमकै भूमिका महत्वपूर्ण हुनेगर्छ ।

हालसालै उनले कोरियाली मजदुर सङ्गठनको विभागीय उपनिर्देशकको रूपमा दुई कोरिया बीचको सम्बन्ध, बाइडेन प्रशासन र उत्तर कोरियाको मिसाइलबारे वक्तव्य जारी गरेकी थिइन् ।

कम्प्युटरको राम्रो ज्ञान, व्यवस्थापकीय क्षमता र अन्तर्राष्ट्रिय सम्बन्ध बनाउन सक्ने बहिनी किम भविष्यमा सत्तासीन हुने सम्भावना छ । सन् २०१८ मा उनले देखाएको कूटनीतिक दक्षताका कारण भविष्यमा उत्तर कोरिया पनि उदार हुनसक्ने अपेक्षा धेरैको छ ।

गत साता उनले दुई कोरिया बीचको वार्ता र सम्बन्ध अघि बढाउन दक्षिण कोरियाले उपयुक्त निर्णय गर्नुपर्ने बताएकी छिन् । दक्षिण कोरियाका राष्ट्रपतिले उत्तर र दक्षिणका बीच युद्ध अन्त्य भएको घोषणा गरेसँगै दक्षिण कोरिया र अमेरिकाले उत्तर कोरियामाथि दबाबपूर्ण नीति तत्काल रोक्नुपर्छ भनेकी थिइन् ।

दाजु किमको यति विश्वासका बीच पनि बहिनी किमलाई उत्तर कोरियाको शक्ति हात पार्न भने त्यति सहज हुनेछैन ।

यसै वर्षको सुरुवातमा उनी उत्तर कोरियाली सत्तारूढ दलको वैकल्पिक पोलिटब्युरोबाट हटाइएकी थिइन् । साथै विभागीय प्रमुखबाट विभागीय उपप्रमुखमा घटुवा गराएकी थिइन् । उक्त समयमा उनी पोलिटब्युरोबाट पनि घटुवा गरिएकी थिइन् ।

पोलिटब्युरोमा अर्थविदहरूलाई समावेश गर्ने अनुमान थियो । कसैको अनुमान भने गत वर्ष दुई कोरियाबीचको वार्तामा उनको भूमिका चित्ता नबुझाइएको भन्ने थियो ।

सन् २०१७ देखि २०१९ को बीचमा वैकल्पिक पोलिटब्युरो सदस्य रहेकी उनले २०२० मा फेररिसोही पदमा जिम्मेवारी पाएकी थिइन् ।
उत्तर कोरियाका सर्वोच्च नेताको रूपमा स्थापित किम जोङकी द्वितीयकी कान्छी छोरी किम यो जोङको जन्म १९८७ मा भएको हो ।

बाल्यकाल प्योङयोङमै बिताएकी उनले १९९६ देखि २००० सम्म स्वीट्जरल्यान्डको बर्नमा अध्ययन गरेकी थिइन् । स्वदेश फर्केपछि उनले कम्प्युटर साइन्स पढिन् ।

सन् २००७ मा उनी सत्तारूढ मजदुर पार्टीको जुनियर कार्यकर्ता भइन् । उनले आफ्ना बाबु र काकी किम क्योग हलको मातहतमा काम गरिन् । सन् २००९ र २०१० मा उनी नेसनल डिफेन्स कमिसनको स्थापनमा सक्रिय भइन् ।

कमिसनको प्रमुख उनका बाबु थिए । उनी सचिवालयकी प्रमुख भइन् । यसपछि बाबुलाई हरेक काममा साथ दिँदै आएकी उनी सन् २०१० मा सार्वजनिक कार्यक्रममा सरिक हुन थालेकी हुन् ।

सन् २०११ को डिसेम्बरको बाबुको अन्तिम संस्कारमा आफ्ना दाजु र पार्टीका अन्य उच्चपदस्थसँगै उनी पनि सरिक थिइन् । सोही समयमा धेरै उत्तर कोरियालीले उनलाई देखेका थिए ।

सन् २०१२ मा नेसनल डिफेन्स कमिसनमा उनी आफ्ना दाजुका लागि टुर मेनेजर चयन भइन् । यातायात, आवास र भोजन सबै कुराको व्यवस्थापन गर्ने उनले आफ्नो काम गोप्य राखिन् ।

सन् २०१४ मार्चमा उनी पहिलोपटक सञ्चार क्षेत्रमा देखिएकी हुन् । सोही वर्ष उनी मजदुर पार्टीकी सिनियर अफिसियल चयन भइन् । यसै वर्ष उनी पार्टीको प्रोपोगान्डा तथा आन्दोलन विभागको उपप्रमुख भइन् ।

सन् २०१५ देखि पार्टीमा उनको भूमिका महत्वपूर्ण रहँदै आयो । २०१७ को अक्टोबरमा उनी वैकल्पिक पोलिटब्युरो सदस्य भइन् ।
भविष्यमा बहिनी किम र पार्टी राजनीतिमा सक्रिय उनकी काकी किम क्योग हल बीच सत्ताको लागि प्रतिस्पर्धा हुने धेरैको अनुमान छ ।
सन् २०१८ को शीतकालीन ओलम्पिकदेखि दाजु किमको विशेष दूत बनेकी बहिनी किम पारिवारिक कब्जामा रहेको उत्तर कोरियाको बागडोर सम्हाल्न सक्ने लायक व्यक्तिको रूपमा हेरिएकी छिन् ।

कम्प्युटरको राम्रो ज्ञान, सचिवालयमा चुस्त व्यवस्थापन र अन्तर्राष्ट्रिय सम्बन्ध सुधारमा सक्रिय बहिनी किमको भूमिकाका कारण भविष्यमा उनी सत्तासीन हुने सम्भावना छ । यसका साथै उनले देखाएको कूटनीतिक दक्षताका कारण भविष्यमा उत्तर कोरिया पनि उदार हुन सक्ने अपेक्षा पनि धेरैको छ ।

उत्तर कोरियामा हाबी अनुदारवादी राजनीतिक सोचमा विमति रहन सक्ला तर नेतृत्व तहमा ३५ वर्षीया महिलाको प्रभावशाली उपस्थिति धेरैका लागि चासोको विषय भएको छ ।

-एजेन्सीहरूको सहयोगमा

 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ८ : ०१ बजे

अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा

दैलेख – जुम्लाबाट टिकापुर जाँदै गरेको ना ४ ख ६०५६

हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने

काठमाडौं – वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट

आईपीटीपीमा सहभागी हुन सभामुख कम्बोडिया प्रस्थान

काठमाडौं– सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आईपीटीपी)को एघारौं पूर्ण

एक महिनामा भित्रिए १ लाख ७२ हजार स्मार्टफोन

काठमाडौं । चालु आर्थिक वर्ष ०८१/८२ को महिनामा नेपालमा ८

एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खर्बपति व्यवसायी तथा सामाजिक