श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु  « Khabarhub

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै रोजगारीको सिर्जना गरेर युवाहरूलाई विदेश पलायनबाट रोक्नुपर्ने बताएका छन् । 

शुक्रबार मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री साहले सीप सिकाएर नेपालमा नै रोजगारीको सिर्जना गर्ने तर्फ ध्यान केन्द्रित गर्ने बताएका हुन्  । उनले सीप विना वैदेशिक रोजगारीमा जाने युवाहरूले समस्या भोग्नुपरेकाले युवाहरूलाई सीपमूलक तालिम दिइने बताए ।  

जनतालाई पठाएर मात्रै नहुने भन्दै सीप महत्पूर्ण हुने उनको भनाइ छ । उनले यसअघिका मन्त्रीहरूले गरेका राम्रा कामलाई निरन्तरता दिने बताए । 

पदभार ग्रहण गर्दै मन्त्री साहले पाँच वर्षभित्र सबै युवाहरूलाई सीपयुक्त बनाउन एक महिनाभित्र योजना तयार गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए  । 

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ५ : २५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म