श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु  « Khabarhub

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै रोजगारीको सिर्जना गरेर युवाहरूलाई विदेश पलायनबाट रोक्नुपर्ने बताएका छन् । 

शुक्रबार मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री साहले सीप सिकाएर नेपालमा नै रोजगारीको सिर्जना गर्ने तर्फ ध्यान केन्द्रित गर्ने बताएका हुन्  । उनले सीप विना वैदेशिक रोजगारीमा जाने युवाहरूले समस्या भोग्नुपरेकाले युवाहरूलाई सीपमूलक तालिम दिइने बताए ।  

जनतालाई पठाएर मात्रै नहुने भन्दै सीप महत्पूर्ण हुने उनको भनाइ छ । उनले यसअघिका मन्त्रीहरूले गरेका राम्रा कामलाई निरन्तरता दिने बताए । 

पदभार ग्रहण गर्दै मन्त्री साहले पाँच वर्षभित्र सबै युवाहरूलाई सीपयुक्त बनाउन एक महिनाभित्र योजना तयार गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए  । 

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ५ : २५ बजे

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने

माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी

काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र