‘बेलायतका लागि चीन सबैभन्दा ठूलो खतरा’ « Khabarhub

‘बेलायतका लागि चीन सबैभन्दा ठूलो खतरा’


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन । बेलायती राजनीतिज्ञ डन्कन स्मिथले चीन आगामी दिनहरुमा बेलायत र पश्चिमका लागि ठूलो खतरा बन्ने बताएका छन्।

उनको भनाइ उद्धृत गर्दै एक्सप्रेस ट्रिब्यूनले बेलायतका लागि चीन सैन्य र व्यापरीक दुबै दृष्टिकोणबाट खतरा भएको बताएका हुन्।

उनले आगामी २० वर्षमा चीनको सैन्य श्रेष्ठताको लक्ष्यलाई उजागर गर्दै र दक्षिण चीन सागर क्षेत्रमा यसको आक्रमणको निन्दा गरेका छन्। डन्कन स्मिथले भने, चीनले हामीलाई ठूलो र ठूलो खतरा सिर्जना गरेको छ।

उनीहरुले कोभिडभन्दा पहिले नै लक्षित मिति तय गरेका छन्। सन् २०३९ सम्म मलाई लाग्छ चीन विश्वकै सबैभन्दा ठूलो सैन्य शक्ति राष्ट्र बन्ने छ, उनले भने।

पछिल्लो समय चीनले आफ्नो पहुँच विस्तार गर्दै गएको छ। इण्डो प्यासिफिक क्षेत्रमा पनि आफ्नो प्रभाव जमाउँदै गएको चीनलाई रोक्न पश्चिमा राष्ट्रहरुले विभिन्न समूह र रणनीतिहरु बनाइरहेका छन्।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ९ : २० बजे

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन