नेपालमा हुने सम्मेलनमा १८ देशका ३ सय मनोचिकित्सकको सहभागिता रहने « Khabarhub

नेपालमा हुने सम्मेलनमा १८ देशका ३ सय मनोचिकित्सकको सहभागिता रहने


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मानसिक रोगका कारण स्वास्थ्यमा आउने चुनौती र त्यसको निदान तथा उपचार सेवालाई थप प्रभावकारी बनाउन मनोचिकित्सकहरूको आठौँ राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ ।

मनोचिकित्सक सङ्घ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रा.डा. नवराज कोइरालाले बिहीबार साँझ पत्रकार सम्मेलनमा आगामी कात्तिक ११ देखि १३ गतेसम्म हुने सम्मेलनमा स्वदेशसहित १८ विभिन्न राष्ट्रका गरी ३०० मनोचिकित्सकको सहभागिता रहने जानकारी दिए ।

उच्चतम आधुनिक तथा वैज्ञानिक ज्ञान र सीप आर्जन गरी मानसिक रोगीलाई छिटोछरितोरूपमा सेवा पुर्‍याउन सम्मेलनको मुख्य उद्देश्य रहेको छ । सम्मेलनमा सहभागी चिकित्सकबीच मानसिक स्वास्थ्यमा बहुपक्षीय साझेदारी तथा मानसिक स्वास्थ्यमा देखिने चुनौती र अवसरका विषयमा छलफल हुने संयोजक प्रा. डा. कोइरालाले बताए।

सम्मेलनमा ३२ कार्यपत्र प्रस्तुत हुनाका साथै मानसिक स्वास्थ्यमा पत्रकारिताका विषयमा पत्रकारसँग तथा मानसिक स्वास्थ्यका विषयमा बनाइने नीति निर्माणमा कानुनविज्ञसँग सम्मेलनमा छलफल हुनेछ । सम्मेलनबाट आएका सुझावलाई बुँदागतरूपमा सरकारसमक्ष प्रस्तुत गरिने जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनअनुसार विश्वका हरेक १०० व्यक्तिमध्ये १५ देखि २० जनामा मानसिक रोगको असर देखिने गरेको छ । विराटनगर अस्पताल तथा विराट चिकित्सक शिक्षण अस्पतालका निर्देशक डा ज्ञानेन्द्रमान सिंह कार्कीले सम्मेलनलाई सफल बनाउन सबैसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ९ : ३५ बजे

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौं- ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय श्रमिक

पाकिस्तानमा बुद्ध जयन्ती : साझा बौद्ध सम्पदामार्फत दिगो पर्यटनमा जोड

काठमाडौं- बुद्ध जयन्तीका अवसरमा पाकिस्तानको पञ्जाब सरकारसँगको सहकार्य तथा थाइल्याण्ड,

कर्णालीमा ३०२ किलोमिटर सडक कालोपत्र

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेश सरकारले हालसम्म ३०२ दशमलव ८४ किलोमिटर

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची

हनोई- जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’