रियालाई ‘बिग बोस’मा जान कानूनी अड्चन « Khabarhub

रियालाई ‘बिग बोस’मा जान कानूनी अड्चन


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– हालैमात्र अभिनेत्री रिया चक्रवर्ती रियालिटी शो ‘बिग बोस १५’को सेट बाहिर शोका प्रतिष्पर्धी तेजस्विनी प्रकाश र दलजीत कौरका साथ देखिएकी थिइन् । उनी त्यहाँ देखिएपछि रिया ‘बिग बोस’को यो सिजनका लागि ‘लक’ हुन लागेको खबर सार्वजनिक भएको थियो ।

अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि रिया सर्वाधिक चर्चामा आइन् । यस्तो अवस्थामा शोमा रियाको उपस्थिति टीआरपी बढाउन महत्वपूर्ण भूमिका खेल्ने निर्माताको बुझाइ छ । रियालाई निर्मातले प्रति एपिसोड ३५ लाख रुपैंयाँ पारिश्रमिक दिने निर्णय लिएका थिए ।

तर रिया कानूनी मुद्धामा फसेका कारण यो शोबाट पछाडि हट्नु परेको छ । सुशान्तको मृत्युपछि रिया र उनको भाई शौविकको नाम लागुऔषध मामलामा मुछिएको थियो । जसकारण उनी कैयौं दिनसम्म हिरासतमा बस्नु परेको थियो । अहिले यो मुद्धा अदालतमा विचाराधिन छ ।

रिया पुनः फिल्ममा फर्कन चाहन्छिन् । जसका लागि उनले दक्षिण भारतीय फिल्मका कैयौं निर्मातासँग भेटघाट गरिसकेकी छन् । कतिपयले फिल्ममा अभिनयका लागि उनले ‘बिग बोस’को प्रस्ताव अस्वीकार गरेको दाबी गरेका छन् । तर रियाले यो विषयमा केही बोलेकी छैनन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १२ : १४ बजे

आहा रारा गोल्डकप : उपाधिका लागि आज जावलाखेल र सहारा भिड्दै

कास्की– मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा रारा पोखरा

आर्थिक वृद्धिको अङ्क देखाउन दलमा प्रतिस्पर्धा, के छन् आधार ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु, एक घाइते

सुदूरपश्चिम– धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडकखण्डमा शुक्रबार साँझ

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण

सिरहा– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

पर्सा प्रहरीले मतदानस्थलमा सिसी क्यामेरा जडान गर्ने

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई थप