एमालेको पहिलो विधान महाधिवेशन सुरु, ओलीसहित ६ जनाको अध्यक्ष मण्डल (भिडियो) « Khabarhub

एमालेको पहिलो विधान महाधिवेशन सुरु, ओलीसहित ६ जनाको अध्यक्ष मण्डल (भिडियो)


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको पहिलो विधान महाधिवेशन शुक्रबार सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सभाहलमा अध्यक्ष केपी शर्मा ओलीले १ बजेर २५ मिनेटमा महाधिवेशनको उद्घाटन गरेका छन् ।

अध्यक्ष ओलीले पासनमा बत्ति बालेर तथा मोबाइलको स्वीचअन गरेर महाधिवेशन उद्घाटन गरे । मोबाइलको स्वीच अन गरेपछि स्क्रीनमा महाधिवेशन उद्घाटन भएको देखिएको थियो ।

यो महाधिवेशनले विधान संशोधन, राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन पारित गर्नेछ ।

एमाले विभाजनपछि पहिलो पटक हुन लागेको यो महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा धेरै प्रतिनिधि सहभागी रहेको एमालेले जनाएको छ । उद्घाटन समारोह पार्टी सचिब तथा प्रचार विभाग प्रमुख योगश भट्टराईले सञ्चालन नगरी सचिब प्रदीप ज्ञवालीले गरेका छन् ।

महाधिवेशन सञ्चालनका लागि अध्यक्ष ओलीसहित ६ जनाको अध्यक्ष मण्डल बनाइएको छ । ओली, उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सत्यनारायण मण्डल र छबिलाल विश्वकर्मा अध्यक्ष मण्डलमा रहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १ : ३६ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न