सीमानाकामा यात्रुको आवागमन सहजीकरण गरिँदै « Khabarhub

सीमानाकामा यात्रुको आवागमन सहजीकरण गरिँदै


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसको रोकथाम, नियन्त्रण र निदानमा प्रतिकूल असर नपुग्ने गरी कैलाली जिल्लाको नेपाल–भारत सीमानाकामा स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न चाहने नागरिकका लागि मापदण्ड तोकिएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार जारी गरेको सूचनामा यात्रुको आवागमनलाई व्यवस्थित र सहजीकरण गर्न नेपाल प्रवेशका लागि तोकिएका त्रिनगर सीमानाका र खक्रौला सीमानाकामा सम्बन्धित स्थानीय तह र स्वास्थ्य कार्यालयले हेल्थ डेस्क सञ्चालनमा ल्याई नेपाल प्रवेश सहजीकरण गर्नुपर्ने उल्लेख गरिएको छ ।

यसैगरी नेपाल प्रवेश गर्न चाहने भारतीय नागरिकको हकमा निजले प्रवेश गर्नुअघिको ७२ घण्टाभित्रको कोरोना भाइरसको नमूना परीक्षणको नेगेटिभ नतिजाको प्रमाण देखाउनुपर्ने, प्रवेश गर्ने कुनै पनि व्यक्तिमा कोरोना भाइरसको लक्षण देखिएमा त्यस्तो व्यक्तिको एन्टिजेन परीक्षण गरी नतिजा नेगेटिभ आएमात्र प्रवेश दिइनेसमेत सूचनामा जनाइएको छ ।

वडादसैँ जस्ता चाड पर्व नजिकिएसँगै पछिल्ला दिनमा सुदूरपश्चिमका भारतसँग जोडिएका सीमानाकाबाट भित्रिने नेपाली बढ्न थालेका छन् ।

योसँगै कोरोना भाइरसको सङ्क्रमण बढ्नसक्ने जोखिम पनि देखिएको छ । पछिल्ला दिनमा नागरिकले मास्क प्रयोग गर्नमा समेत बेवास्ता गर्दा यो रोगको जोखिम यथावत रहेको स्वास्थ्यकर्मीले बताएका छन् । प्रदेशमा गएको वैशाख र जेठ महिनामा उच्च रहेको कोरोना भाइरसको सङ्क्रमण र मृत्यु हुनेदर असार महिनादेखि घट्दै गएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  १० : ०१ बजे

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी