हाम्रो समूहबाट एकजनामात्र सभापतिका उम्मेदवार हुन्छ : पौडेल « Khabarhub

हाम्रो समूहबाट एकजनामात्र सभापतिका उम्मेदवार हुन्छ : पौडेल


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट १४ औं महाधिवेशनमा एकमात्र सभापतिको उम्मेदवार बन्ने बताएका छन् । सामूहिक भावनासहित एकजना उम्मेदवार बन्ने उनले बताए ।

गृहजिल्ला तनहुँको आबुखैरहनीमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले आकांक्षी धेरै भए पनि अन्तिममा एकजनामात्र उम्मेदवार बन्ने बताए । पौडेल समूहमा आधा दर्जन नेताहरु सभापतिका आकांक्षी छन् ।

पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी हुन् । सभापतिका आकांक्षीबीच पटक पटक सहमतिको प्रयास भए पनि हालसम्म टुंगो लागेको छैन ।

नेता पौडेलले आफूहरु पार्टी भित्र आन्तरिक लोकतन्त्रका लागि लडिरहेको भन्दै अहिले कसैले पनि सभापतिको उम्मेदवार मै हुँ नभनेको बताए । सामूहिकरुपमा छलफल गरेर एकजना उम्मेदवार बन्ने र सबैको भावना समेटिने बताए । उनले कांग्रेसलाई पनि एक ढिक्का बनाउने प्रतिवद्धता गरे ।

आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा कांग्रेसको महाधिवेशन हुँदैछ । सभापति शेरबहादुर देउवा र उपसभिापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । पौडेल समूहका नेताहरुले सभापतिको उम्मेदवार बन्ने बताए पनि औपचारिक घोषणा गरेका छैनन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ५ : २४ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने