लगातार तीन खेल जित्दै चितवन प्लेअफमा « Khabarhub

लगातार तीन खेल जित्दै चितवन प्लेअफमा


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को जारी चौथो संस्करणको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । शुक्रबार तेस्रो जित हात पार्दै दुई खेल बाँकी रहँदै चितवन प्लेअफ पुगेको हो ।

चितवनले शुक्रबार पोखरा राइनोजमाथि ९ विकेटको सहज जित हात पारेको हो । मोहमद शाहजाद र भिम सार्कीले अर्धशतकीय इनिङ्स खेलेपछि चितवनले पोखरालाई सहजै पाखा लगायो ।

खराले दिएको १ सय २४ रनको लक्ष्य चितवनले १६ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्‍यो । चितवनको जितमा शाहजाद र सार्कीले १ सय २२ रनको अविजित साझेदारी गरे ।

अफगानी क्रिकेटर शाहजादले दुई छक्का र ७ चौकाको मद्दतमा सर्वाधिक ६३ रन बनाए भने सार्कीले ४२ बलमा ५४ रन बनाए ।

ओपनर इशान पाण्डे शून्य रनमा आउट भए । पोखराका बिक्रम सोवले एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो । पोखराको लागि विवेक यादवले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४५ बलमा ३ छक्का र ३ चौका प्रहार गरे ।

रिचर्ड लेभीले १७ वलमा दुई छक्का र एक चौकाको मदतमा २० रन जोडे । लोकेश वम ८, कप्तान विनोद भण्डारी ५, रित गौतम २ रनमा आउट भए भने सुनिल धमला शून्य रनमै आउट भए ।

चितवनका शाहब आलम र कमल सिंह ऐरीले समान दुई–दुई विकेट लिदा सोमपाल कामीले एक विकेट हात पारे ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ५ : ३७ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर