कोरोना महामारीपछि अष्ट्रेलियाले पहिलो पटक अन्तर्राष्ट्रिय सीमा खुला गर्दै « Khabarhub

कोरोना महामारीपछि अष्ट्रेलियाले पहिलो पटक अन्तर्राष्ट्रिय सीमा खुला गर्दै


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुक्रबार अन्तर्राष्ट्रिय यात्रा पुनः खोल्ने र सीमा प्रतिबन्ध सहज बनाउने घोषणा गरेका छन् । मोरिसनका अनुसार उक्त घोषणा साउथ वेल्सबाट शुरू हुने छ र ८० प्रतिशत खोप लगाइएका राज्यहरूका लागि अन्तर्राष्ट्रिय सिमाना अर्को महिनादेखि खुला रहनेछ ।

पूर्णरूपमा खोप लगाइएका अष्ट्रेलियालीहरू र वेल्समा आउने स्थायी बासिन्दाहरू होटलमा महङ्गो क्वारिन्टिन बसाइँको सट्टा एक हप्ताको लागि घरमै क्वारिन्टिनमा बस्न सक्ने व्यवस्था मिलाइएको समाचार माध्यमले जनाएका छन् । पूरै खोप लगाएका अष्ट्रेलियालीहरूलाई व्यावसायिक उडान मार्फत आवतजावत खुला गरिनेछ।

गत वर्ष मार्च २० मा अस्ट्रेलियाले कोरोनाभाइरस महामारीलाई मध्यनजर गर्दै विश्वको सबैभन्दा कडा प्रकारको सीमा प्रतिबन्ध लगाएको थियो जसबाट १८ महिनासम्म सीमा नाकाहरू बन्द गरिएका छन् ।

प्रधानमन्त्री मोरिसनका अनुसार सरकारले न्यूजील्याण्ड जस्ता केही देशहरू बीच क्वारेन्टिनमा बस्न नपर्ने गरी यात्रा सहज गर्ने बारे उचित समयमा निर्णय लिनेछ। सरकारले जनताको सुरक्षाका निम्ति यथासम्भव प्रयत्न गरेको छ पूर्ण सुरक्षाको प्रत्याभूति दिलाएको छ। १२ वर्षभन्दा कम उमेर समूह र चिकित्सकीय परामर्शममा रहेका बाहेक सबैले यात्राका निम्ति पूर्णरूपमा पूरै मात्रा खोप लगाएको हुनेपर्ने प्रधानमन्त्री मोरिसनले बताएका छन् ।

यसैबीच, खोप नलागेका यात्रुहरूका लागि भने १५ दिनको होटल क्वारिन्टिनको आवश्यकता पर्नेछ।

सरकारले खोप लगाएका यात्रुहरुको ट्राभल क्याप्स हटाउन राज्यहरूसँग मिलेर काम गर्ने जनाएको छ। एबीसी समाचार माध्यमले जनाएअनुसार अष्ट्रेलियाले कोभिड परीक्षणको दायरालाई विस्तार गर्दै यात्राकै दौरानमा पनि यसलाई निरन्तता दिने जनाएको छ। एएनआई

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ७ : २० बजे

गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने, आगामी सहयोगबाट समायोजन गरिने

काठमाडौं– खोपका लागि ग्लोबल अलायन्स (गाभी) ले नेपालसँग ३ लाख

पेपर लिक रोक्न नसकेको भन्दै मोदीमाथि राहुल गान्धीको व्यंग्य

काठमाडौं– भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा सांसद राहुल गान्धीले परीक्षा

विचार र उद्देश्यप्रतिको आजीवन निष्ठा नै क्रान्तिकारीको पहिचान : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १०

मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं– पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित