‘विरोध छैन’को रकम सामाजिक सेवामा « Khabarhub

‘विरोध छैन’को रकम सामाजिक सेवामा


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘विरोध छैन’को भिडियो सार्वजनिक भएको छ । गीतमा सरला श्रेष्ठको शब्द र कृति न्यौपानेको संगीत छ ।

गीतको भिडियोमा कुसुम थापा र हेमप्रभाष अधिकारी फिचर्ड छन् । भिडियोमा गरिबीको पीडापश्चात परदेश जान बाध्य प्रेमीको सम्झनामा प्रेमिकाले पोखेको विरह र प्रेमिकाको सम्झनामा प्रेमीको छटपटाहट समेटिएको छ ।

कुसुम र हेमको जोडीलाई निर्देशक खनालले सुन्दर रुपमा प्रस्तुत गरेका छन् । भिडियोमा कलाकार पदमप्रसाद अधिकारीलाई पनि देख्न सकिन्छ ।

आङ्चेन लामाको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । गीतकार सरलाले भिडियोबाट प्राप्त हुने रकम विगतदेखि आफुले मद्धत गर्दै आइरहेको शारीरिक तथा मानसिक अशक्तहरुको सेवामा खर्चिने प्रतिबद्धता जनाएकी हुन् ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : २३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल