परराष्ट्र सचिव पौड्याल र भारतीय सहसचिव श्रीवास्तावबीच भेट « Khabarhub

परराष्ट्र सचिव पौड्याल र भारतीय सहसचिव श्रीवास्तावबीच भेट


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका अनुराग श्रीवास्तावले परराष्ट्र सचिव भरतराज पौड्यालसँग शुक्रबार भेट गरेका छन् । भारतीय विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने सहसचिब श्रीवास्ताव नेपालमा भारतीय लगानीका परियोजना अनुगमन समितिको बैठकमा भाग लिन काठमाडौँ आएका हुन् ।

परराष्ट्र सचिव पौड्यालसँगको भेटमा द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको छ । उनीहरु आपसी हित तथा सहयोग आदानप्रदानका विषयमा कुरा भएको छ । भारतीय सहसचिव श्रीवास्तावले वाणिज्य सचिव दिनेश भट्टराई र अर्थसचिव मधु मरासिनीसँग पनि भेट गरेका थिए।

बुधबार भूकम्पपछिको पुनःनिर्माणमा भारतीय सहयोगका परियोजनाको अनुगमन समितिको बैठक भएको थियो । सो बैठक पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारी र भारतीय विदेश सहसचिब श्रीवास्तावको सह अध्यक्षतामा भएको थियो । सो बैठकमा भारतीय लगानीका परियोजनाको काम सन्तोषजनक भएको भन्दै दुबै पक्षले सन्तुष्टि व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ६ : ५५ बजे

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी