स्रोत नखुलेको साढे १५ लाख रुपैयाँ बोकेर भारतीय नागरिक वीरगञ्ज पुगेपछि…. « Khabarhub

स्रोत नखुलेको साढे १५ लाख रुपैयाँ बोकेर भारतीय नागरिक वीरगञ्ज पुगेपछि….


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साढे १५ लाख स्रोत नखुलेको रकमसहित शुक्रबार वीरगञ्जमा तीनजना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।

भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको थाना कंगेली–१ वसन्तपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्सा धोविनी गाउँपालिका–३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेललाई रकमसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सो रकम हुण्डीको भएको अनुमान छ । हुण्डी कारोबार भएको सूचना पाएपछि प्रहरीले उनीहरुलाई वीरगंज–२५ सिर्सियास्थित छोटी भन्सार नजिकैबाट नियन्त्रणमा लिएको हो । उनीहरुले सो रकम उनीहरुले हेल्मेटमा लुकाएर राखेका थिए ।

प्रहरीले रकम फेला पारेपछि स्रोत खुलाउन भनेको थियो । तर, उनीहरुले सो रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरुलाई नियन्त्रण लिएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ७ : ०८ बजे

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी