जनताको चेतनास्तर उकास्न राजनीतिक कक्षा सञ्चालन आवश्यक : अध्यक्ष बिजुक्छेँ « Khabarhub

जनताको चेतनास्तर उकास्न राजनीतिक कक्षा सञ्चालन आवश्यक : अध्यक्ष बिजुक्छेँ


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनताको चेतनास्तर उकास्न र नागरिक भावना जागृत गर्न व्यवहारिक तथा राजनीतिक कक्षा सञ्चालन गर्नुपर्ने बताएका छन् ।

कोभिड–१९ को जोखिमको सामना गर्नेबारे ख्वप अस्पतालका चिकित्सक एवं नर्सहरुसँग शुक्रबार अन्तरक्रिया गर्दै अध्यक्ष बिजुक्छेँले नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउनु जरुरी रहेको बताए । अस्पतालमा गुणस्तरीय सेवा प्रवाह गर्न व्यवस्थापन पक्ष बलियो हुनुपर्नेमा उनले जोड दिए ।

अस्पतालले जनताको विश्वास जित्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष बिजुक्छेँले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको व्यवहार सधैँ नम्र हुनुपर्ने बताए ।

कार्यक्रममा ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अस्पतालले दिने सेवा प्रवाहमा जनताको गुनासो र विरोध हुने कुनै पनि काम नगर्न आग्रह गरे । चिकित्सकको असल व्यवहारका कारण जनताको अस्पतालप्रतिको अपनत्व कायम हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ८ : ०१ बजे

सीमा नाकाका विद्युतीय पोलमा राष्ट्रिय झण्डा

रुपन्देही– रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय

हर्मोन असन्तुलनले चाँडै महिनावारी, झ्याप्प दाह्रीजुँगा

पछिल्लो समयको बदलिँदो खानपान, जीवन शैली र बढ्दो स्क्रिन टाइमले

कांग्रेस सभापति थापा आज सर्लाही जाँदै, कर्मैयामा भेटघाट कार्यक्रम

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज सर्लाही जाँदै छन्

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी