जनताको चेतनास्तर उकास्न राजनीतिक कक्षा सञ्चालन आवश्यक : अध्यक्ष बिजुक्छेँ « Khabarhub

जनताको चेतनास्तर उकास्न राजनीतिक कक्षा सञ्चालन आवश्यक : अध्यक्ष बिजुक्छेँ


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनताको चेतनास्तर उकास्न र नागरिक भावना जागृत गर्न व्यवहारिक तथा राजनीतिक कक्षा सञ्चालन गर्नुपर्ने बताएका छन् ।

कोभिड–१९ को जोखिमको सामना गर्नेबारे ख्वप अस्पतालका चिकित्सक एवं नर्सहरुसँग शुक्रबार अन्तरक्रिया गर्दै अध्यक्ष बिजुक्छेँले नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउनु जरुरी रहेको बताए । अस्पतालमा गुणस्तरीय सेवा प्रवाह गर्न व्यवस्थापन पक्ष बलियो हुनुपर्नेमा उनले जोड दिए ।

अस्पतालले जनताको विश्वास जित्नुपर्ने उनको भनाइ थियो । अध्यक्ष बिजुक्छेँले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको व्यवहार सधैँ नम्र हुनुपर्ने बताए ।

कार्यक्रममा ख्वप अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अस्पतालले दिने सेवा प्रवाहमा जनताको गुनासो र विरोध हुने कुनै पनि काम नगर्न आग्रह गरे । चिकित्सकको असल व्यवहारका कारण जनताको अस्पतालप्रतिको अपनत्व कायम हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ८ : ०१ बजे

विपद्‍मा अमानवीय हर्कत : नारायणीले बगाएर ल्याएको शवबाट मुन्द्रा तान्ने दुईजना पक्राउ

भरतपुर- विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने दुईजना मानिस

जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन : लाशमाथि डलर खेती !

काठमाडौं– बुधबार रसुवागढीस्थित भोटेकोसीमा आएको भीषण बाढीपछि देश यतिबेला शोकमग्न