नयाँ ढंगबाट ‘जनयुद्ध’ गर्न तयार छु : प्रचण्ड « Khabarhub

नयाँ ढंगबाट ‘जनयुद्ध’ गर्न तयार छु : प्रचण्ड


१५ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आफु नयाँ ढंगको ‘जनयुद्ध’ गर्न तयार रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा सपनाको पाण्डूलिपी गिती संग्रह’ विमोचन कार्यक्रम गर्दै प्रचण्डले पार्टीभित्र र बाहिरबाट आफूलाई घेरबन्दीमा पार्न खोजिएको भन्दै आवश्यक परे नयाँ ढंगको ‘जनयुद्ध’ गर्न तयार रहेको बताए ।

उनले अहिले नै हतियार उठाउने वा भूमिगत हुने नसोचे पनि नया ढंगको ‘जनयुद्ध’को खोजी भइरहेको धारणा राखे । प्रचण्डले लाखौँ जनता माओवादीसँगै सडकमा उत्रिए अहिलेको शासकीय स्वरुप र निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने बताए ।

उनले माओवादी नेतालाई एउटै मञ्चमा तत्काल नबोलाउन आग्रह पनि गरे । सरी एउटै मञ्चमा बोलाउँदा पुनः पार्टी एकता हुन लागेकाले धक्का पुग्न सक्ने उनले बताए । प्रचण्डले ‘जनयुद्ध’ लडेका सवै नेताहरुले रियलाइज गरेपछि अन्तिममा सवै एकै ठाँउमा भेट हुन सक्ने टिप्पणी गरे ।

कार्यक्रममा जनता समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराईले पूर्वमाओवादीबीच कार्यगत एकता हुनसक्ने भएपनि एउटै ठाँउमा बस्ने भने सम्भव नभएको धारणा राख्नुभयो । उहाले पार्टी एकताका लागि बिचार, सिद्धान्त, संगठनात्मक तथा तत्कालीन र दिर्घकालीन कुरा मिल्नुपर्ने बताए । अग्रगामी शक्तिहरु प्रतिगमका बिरुद्ध एक भएर सहकार्य गर्ने र चूनावी तालमेल गर्नुपर्ने उनको भनाइ छ ।

जनयुद्ध अध्ययन प्रतिष्ठानको आयोजनामा प्रगतिवादी कवि गीतकार तथा संगीताका दिलीपकुरमा श्रेष्ठद्वारा रचित सपनाको पाण्डुलिपी गीतिसंग्रह बिमोचन गरिएको हो ।

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ७ : ५३ बजे

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको