आज रमा एकादशी, यस्तो छ पौराणिक कथा « Khabarhub

आज रमा एकादशी, यस्तो छ पौराणिक कथा


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा एकादशी व्रत महत्त्वपूर्ण मानिन्छ । प्रत्येक वर्ष चौबीस एकादशी र अधिकमास वा मलमास परेमा २६ एकादशी हुन जान्छ । कार्तिक महिनाको कृष्ण पक्षमा पर्ने एकादशीको नाम रमा एकादशी हो ।

रमा एकादशीको कथा अनुसार प्राचीन कालमा मुचुकुन्द नाम गरेका एक राजा थिए । देवराज इन्द्रसहित यम, कुबेर, वरुण र बिभीषणसँग उनको गहिरो मित्रता थियो । उनी विष्णु भक्तिका कारण धर्मात्मा र न्यायमूर्ति थिए । उनको चन्द्रभागा नाम गरेकी एक छोरी थिइन । जसको विवाह चन्द्रसेन राजाका पुत्र शोभनसंग भएको थियो ।

शोभन दुर्वल, कमजोर र भोक सहन नसक्ने थिए । एक दिन शोभन कार्तिक कृष्ण पक्षमा ससुराली मुचुकन्दकोमा पुगे । त्यतिबेला रमा एकादशी नजिकिएको थियो र मुचुकुन्दले राज्यभरी एकादशीका दिन भोजन गर्न नहुने घोषणा गरे । यो खबरले शोभन चिन्तामा परे, उनीसंगै पति भोक सहन गर्न नसक्ने भएकाले चन्द्रभागा पनि चिन्तामा परिन् ।

चन्द्रभागाले उपाय निकाल्दै भनिन्, स्वामी पिताको राज्यमा एकादशीका दिन जीवजन्तुले समेत भोजन गर्दैनन् । त्यसैले तपाईँ अन्यत्र गई भोजन गर्नुहोस् । तर एकादशी व्रत विधि चाहिँ पुरा गर्नुहोस् । पत्नीको कुरा सुनेर शोभनले अन्त नजाने बरु व्रत नै बस्ने जे परे पनि सहने बताए र व्रत बस्ने निधो गरे ।

रमा एकादशीका दिन शोभनले व्रत बसे । तर भोक, प्यासले व्रतको भोलिपल्ट प्रातकाल मै उनको मृत्यु गयो । पतिको मृत्युपछि चन्द्रभागा माइतै बस्न थालिन् । रमा एकादशी व्रतको प्रभावले शोभनको इन्द्र राज्य सरह धनधान्य र सुखले युक्त मंदराचल पर्वतमा पुनर्जीवन प्राप्त भयो।

एक दिन राजा मुचुकुन्दकै राज्यका एक ब्राह्मण तीर्थयात्राका क्रममा भुल्लिएर मन्दराचल पर्वत पुगे । त्यहाँ उनले राजकुमार शोभनलाई देखे । उनले शोभन कसरी मन्दराचल पुगे भने सबै इति बृतान्त जानकारी लिए । शोभनले ससुरालीमा हुँदाका सबै घटना सुनाए र रमा एकादशीको व्रतको प्रभावले स्वर्गीय शान्ति प्राप्त भएको कुरा ती ब्राह्मणलाई सुनाए ।

तीर्थयात्रा सकिएपछि ब्राह्मणले चन्द्रभागालाई सविस्तार सुनाए । त्यसपछि ब्राह्मणका साथमा चन्द्रभागा मन्दराचल गइन् र वामदेव ऋषिका आश्रममा बसिन् । ऋषिले चन्द्रभागासंग सबै बृतान्त सोधे र वेद मन्त्रहरुद्वारा चन्द्रभागालाई अभिषेक गरिदिए । रमा एकादशीको व्रत र अभिषेकको प्रभावका कारण चन्द्रभागाको शरिरपनि दिव्य प्रज्वलित भयो ।

अन्ततः चन्द्रभागा आफ्ना पतिका समीपमा पुगिन् र रमा एकादशी व्रतका प्रभावले अभूतपूर्व मिलन गर्न सकिन् । शोभन र चन्द्रभागा सदासर्वदा सुख समृद्धि प्राप्त गरी मन्दराचलमा राज्य बिराज गरे ।

रमा एकादशी व्रतमा भगवान् विष्णुका पूर्णावतार केशव रूपको विधिवत् धूप, दीप, नैवेद्य, पुष्प एवं मौसम अनुसारका फलहरूले पूजा गरिन्छ। व्रतमा एक समय फलाहार गर्नुपर्छ तथा आफ्नो अधिकभन्दा अधिक समय प्रभु भक्ति एवं हरिनाम संकीर्तनमा बिताउनुपर्छ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ५ : ४५ बजे

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको आन्तारिक

लेबनानमा रोकिएन इजरायलको विनाशकारी आक्रमण, कम्तीमा १८ जनाको मृत्यु

बेरुत- इरान-अमेरिका सम्झौतापछि पनि इजरायलले लेबनानमा बम बर्साउन छाडेको छैन।

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने