काठमाडौँ– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला १२ हजार २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २२५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ४५ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ११० रुपैयाँ कायम छ ।
बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५७ हजार ६०० र चाँदीको मूल्य तीन हजार ३३५ रुपैयाँ कायम थियो ।














प्रतिक्रिया