रोमालाई हरायो एसी मिलानले, नेपोलीसँग बराबरी « Khabarhub

रोमालाई हरायो एसी मिलानले, नेपोलीसँग बराबरी


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -इटालियन सिरी ए फुटबल अन्तर्गत गए राति भएको खेलमा एसी मिलानले रोमालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

रोमाको मैदानमा २६ औं मिनेटमा ज्लाटन इब्राहिमोविच र ५७ औं मिनेटमा फ्रान्क केस्सीले गोल गरेका थिए ।

खेलको इन्जुरी समयमा रोमाका सारावेले एक गोल फर्काएपनि त्यो जितका लागि प्रर्याप्त हुन सकेन।

यस जितसँगै मिलानले ११ खेलमा ३१ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

यससँगै प्रतियोगिताको शीर्ष टोली नेपोलीसँग एसी मिलानको अंक बराबरी भएको छ ।

नेपोलीले आइतबारै भएको अर्को खेलमा सार्लेनिटानामाथि १-० को जित हासिल गरेको थियो ।

आइतबारको नतिजापछि ११ खेलको समाप्तीमा नेपोली र एसी मिलान समान ३१ अंकका साथ इटालियन सिरी ‘ए’अंकतालिकाको शीर्ष दुई स्थानमा छन् । १९ अंक जोडेको रोमा चौथो स्थानमा छ ।

 

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १० : २० बजे

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको