एट्लेटिको मड्रिडसँग रियल बेटिस ३-० गोलले पराजित « Khabarhub

एट्लेटिको मड्रिडसँग रियल बेटिस ३-० गोलले पराजित


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई ३-० गोल अन्तरले पराजित गरेको छ।

आइतबार राति वर्षाले भिजेको घरेलु वान्डा मेट्रोपोलिटानो रंगशालामा रियाल बेटिसमाथि उसले ३-० को नतिजा निकालेको हो ।

एट्लेटिकोलाई जित दिलाउन यान्निक कारास्को र जोआ फेलिक्सले एक-एक गोल गरेका थिए भने एक गोल आत्मघाती उपहार पाएको थियो।

जितसँगै एट्लेटिको ११ खेलबाट २२ अंकका साथ स्पेनिस ला लिगाको चौथो स्थानमा उक्लिएको छ । बेटिस २१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

शीर्ष स्थानमा रहेको रियाल सोसिडाडको २५ अंक छ । सोसिडाडले शनिबार एथ्लेटिक बिल्बाउसँग १-१ को बराबरी नतिजा निकालेको थियो।

स्पेनिस ला लिगामा आइतबारै सम्पन्न अर्को खेलमा गेटाफेले स्पान्योलमाथि २-१ को जित निकाल्यो ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १० : २५ बजे

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको

ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता