इंग्लिस प्रिमियर लिग : वेस्ट ह्यामले हरायो एस्टन भिल्लालाई « Khabarhub

इंग्लिस प्रिमियर लिग : वेस्ट ह्यामले हरायो एस्टन भिल्लालाई


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले एस्टन भिल्लालाई ४-१ गोल अन्तरले पराजित गरेको छ । गए राति भएको खेलमा वेस्ट ह्यामले १० खेलाडीमा सिमित एस्टन भिल्लालाई पराजित गरेको हो ।

खेलको सातौं मिनेटमा बेन जोनसनले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए। ३४ औं मिनेटमा ओली वाट्कीन्सले गोल गर्दै एस्टनलाई १-१ गोलको बराबरीमा ल्याए ।

३८ औं मिनेटमा डिक्लन राइसले गोल गर्दै वेस्ट ह्यामलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलको ५० औं मिनेटमा कोन्साले रातो कार्ड पाएपछि एस्टन १० खेलाडीमा समेटियो।

खेलको ८० औं मिनेटमा पाब्लो फोर्नल्स र ८४ औं मिनेटमा जारोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई ४-१ को जित दिलाए ।

जितसँगै वेस्ट ह्याम १० खेलमा २० अंक जोड्दै लिगको चौंथो स्थानमा उक्लिएको छ । एस्टन १० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १० : ३८ बजे

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको

ओली पक्राउपछि च्यासलमा एमाले कार्यकर्ताको उग्र प्रदर्शन

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ता