विक्कीसँग विवाह गर्दै सुशान्तकी पूर्व प्रेमिका अंकिता « Khabarhub

विक्कीसँग विवाह गर्दै सुशान्तकी पूर्व प्रेमिका अंकिता


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– फिल्म र टेलिभिजन अभिनेत्री अंकिता लोखण्डे र विक्की जैनको विवाहको मिति नजिकिएको छ । यद्यपी दुवैले विवाहको मितिबारे पुष्टि गरेका छन् ।

तर समाचारअनुसार अंकिताले आफ्नो जन्मदिन भन्दा एक हप्ता अघि अर्थात् १२ डिसेम्बरदेखि १४ डिसेम्बरको बीचमा विक्कीसँग विवाह गर्दैछिन् । अंकिताको जन्मदिन डिसेम्बर १९ मा पर्दछ । अंकिता अभिनेता सुशान्तसिंह राजपूतकी पूर्व प्रेमिका हुन् ।

अंकिताका लागि सन् २०२० निकै उतारचढावपूर्ण रह्यो । उनका पूर्व प्रेमी सुशान्तसिंह राजपूतले जून १३ मा रहस्यमय किसिमले आत्महत्या गरेपछि उनी चर्चामा आएकी थिइन् ।

सुशान्तको निधनपछि उनी शोकमा थिइन् । अंकिता र सुशान्त करिब सात वर्षसम्म लिभ–इन–रिलेसनमा थिए । उनीहरु सन् २०१६ मा अलग्गिएका थिए ।

विक्की पेशाले व्यापारी हुन् । उनीसँग अंकिताको बोण्डिङ निकै मिलेको छ । उनीहरु सामाजिक सञ्जालमा आफ्नो रोमान्टिक क्षणलाई शेयर गरिरहन्छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १० : ५४ बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन