विक्कीसँग विवाह गर्दै सुशान्तकी पूर्व प्रेमिका अंकिता « Khabarhub

विक्कीसँग विवाह गर्दै सुशान्तकी पूर्व प्रेमिका अंकिता


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– फिल्म र टेलिभिजन अभिनेत्री अंकिता लोखण्डे र विक्की जैनको विवाहको मिति नजिकिएको छ । यद्यपी दुवैले विवाहको मितिबारे पुष्टि गरेका छन् ।

तर समाचारअनुसार अंकिताले आफ्नो जन्मदिन भन्दा एक हप्ता अघि अर्थात् १२ डिसेम्बरदेखि १४ डिसेम्बरको बीचमा विक्कीसँग विवाह गर्दैछिन् । अंकिताको जन्मदिन डिसेम्बर १९ मा पर्दछ । अंकिता अभिनेता सुशान्तसिंह राजपूतकी पूर्व प्रेमिका हुन् ।

अंकिताका लागि सन् २०२० निकै उतारचढावपूर्ण रह्यो । उनका पूर्व प्रेमी सुशान्तसिंह राजपूतले जून १३ मा रहस्यमय किसिमले आत्महत्या गरेपछि उनी चर्चामा आएकी थिइन् ।

सुशान्तको निधनपछि उनी शोकमा थिइन् । अंकिता र सुशान्त करिब सात वर्षसम्म लिभ–इन–रिलेसनमा थिए । उनीहरु सन् २०१६ मा अलग्गिएका थिए ।

विक्की पेशाले व्यापारी हुन् । उनीसँग अंकिताको बोण्डिङ निकै मिलेको छ । उनीहरु सामाजिक सञ्जालमा आफ्नो रोमान्टिक क्षणलाई शेयर गरिरहन्छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १० : ५४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै