ओलीले ज्ञानेन्द्रका मान्छेलाई गणतन्त्र उल्ट्याउने आश्वासन दिएका छन् : प्रचण्ड (भिडियोसहित) « Khabarhub

ओलीले ज्ञानेन्द्रका मान्छेलाई गणतन्त्र उल्ट्याउने आश्वासन दिएका छन् : प्रचण्ड (भिडियोसहित)

म प्रधानमन्त्री हुन लाग्दा अदालतले पार्टी फुटाइदियो


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रका मान्छेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र उल्ट्याउने आश्वासन दिएको आरोप लगाएका छन् ।

सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै अध्यक्ष दाहालले ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाउँदै भने, ‘ उनले अस्ति त ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटघाट गरेको सूचना मैले पाएँ । गणतन्त्र मलाई जिन्दगीभरी मन परेको होइन, बाध्य भएर स्वीकार गरेको हो । त्यसकरण मौका आयो भने उल्ट्याउने हो भनेर भनेछन् । तपाईंहरू विचार गर्नुहोला स्थिति कहाँसम्म पुग्या रहेछ ।’

माओवादी अलिकति शिथिल हुँदा सम्पूर्ण परिवर्तन नै उल्ट्याउने प्रयत्न भएको भन्दै उनले त्यसकाविरूद्ध सचेत हुनुपर्ने बताए ।

‘अलिकति हामी शिथिल हुँदा, माओवादी विभाजित हुँदा र पार्टीका नेता कार्यकर्ताहरु अलिकति व्यक्तिगत काममा लाग्दा वा विचारमा, राजनीतिमा, संगठनमा जसरी लाग्नु पर्ने हो, त्यसरी नलाग्दा, हिजो हामीसँग बाध्य भएर सम्झौता गर्नेहरुले सोचे अब माओवादी सकिन थालेको छ, यही बेलामा यो संविधान पनि च्यात्ने, संघीय लोकतान्त्रिक गणतन्त्र पनि घाँडो हो, यसलाई पनि हटाउनु पर्छ, धर्म निरपेक्ष पनि ठीक छैन, समावेशी समानुपातिक भनेर दलित, महिला, जनजाति, मधेशी, मुस्लिम सबैलाई राज्य संयन्त्रमा तलदेखि माथिसम्म प्रतिनिधित्व गराउने यो माओवादी हो,’दाहालले भने, ‘ओली प्रवृति भन्छौँ नि हामी गत सालदेखि, नयाँ खालको एउटा कम्युनिस्ट नामधारी प्रतिक्रियावादी, प्रतिगमनकारी, प्रतिक्रान्तिकारीविरुद्ध लड्न बाध्य भइयो हामी’, उनले भने ।

अध्यक्ष दाहालले आफ्नो पार्टीले धेरै राम्रा काम गरे पनि बिक्री गर्न नजानेको भन्दै गुनासो पनि पोखे ।

माओवादीलाई फेरि नेतृत्व दिलाउन अब नेता कार्यकर्ताहरु जनताको घरदैलोमा गएर काम गर्नुपर्ने बताए ।

यस्तै उनले आफू प्रधानमन्त्री हुने अवस्था आएपछि सर्वोच्च अदातले तत्कालीन नेकपा नै फुटाइदिएको आरोपसमेत लगाएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १ : १२ बजे

फिल्म ‘लालिमा’को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक

काठमाडौं – फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’

सब इन्जिनियर हत्या घटना : सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध

मलङ्गवा– सदरमुकाम मलङ्गवामा आइतबार राति अज्ञात व्यक्तिको गोली प्रहारबाट सब

२.५ करोड रुपैयाँ बुझाएपछि जेलबाट बाहिरिए अभिनेता राजपाल यादव

काठमाडौं– बलिउडका हास्य कलाकार  राजपाल यादवलाई ठूलो कानुनी राहत मिलेको

इरान-अमेरिका सम्बन्धमा नयाँ पहल, दोस्रो चरणको वार्ता सुरु

जेनेभा– इरानका परराष्ट्रमन्त्री अब्बास अराघची अमेरिकासँग हुने दोस्रो चरणको अप्रत्यक्ष

ओलीको क्षेत्रबाट फर्किएपछि रामकुमारी, ‘मतदाता चलायमान नभएको भए गुण्डुमै सुतेर जित्नुहुन्थ्यो’

काठमाडौं- नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न उपाय अपनाएर