सर्वोच्च अदालतमा दंगा प्रहरी परिचालन प्रति अधिवक्ताहरुको आपत्ति « Khabarhub

सर्वोच्च अदालतमा दंगा प्रहरी परिचालन प्रति अधिवक्ताहरुको आपत्ति


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतका दंगा प्रहरी परिचालन गरिएको प्रति अधिवक्ताहरुले आपत्ति जनाएका छन् । शान्तिपूर्ण आन्दोलन गरिरहेको अवस्थामा दंगा प्रहरी परिचालन गरिनु खेदजनको रहेको उनीहरुको भनाइ छ ।

सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेले सर्वोच्चभित्र प्रहरी परिचालन गरेर कार्यपालिकाले न्यायापालिकामाथि हस्तक्षेप गर्न खोजेका बताए । कानुन व्यवसायीहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी परिचालन गरेर हुर्मत लिने काम गरिएको उनले बताए ।

उनले भने,‘ इतिहासमै यसरी न्यायपालिकाभित्र दंगा प्रहरी परिचालन भएको पहिलो घटना हो ।’ आगामी दिनमा यस्ता काम गर्न सम्बन्धित निकायसँग समेत आग्रह गर्दछु ।

सर्वोच्चको सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै गृहमन्त्रालयले दंगा प्रहरी खटाएपछि न्यायधीशहरुले आपत्ति जनाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै कानुन व्यवसायीहरु केहीदिनदेखि सर्वोच्चममा विरोध गरिरहेका छन् । सर्वोच्च परिसरमा ५० भन्दा बढी दंगा प्रहरी परिचालन गरिएको छ ।

सर्वोच्च अदालतको पछिल्लो आवस्थालाई ध्यानमा राखेर शान्ति सुरक्षालाई सहज बनाउन र सुरक्षामा कुनै किसिमको असहजता आउन नदिन प्रहरी खटाईको नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरले बताए ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  २ : ४८ बजे

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको

‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

काभ्रे- अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका