आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८२ साल चैत २३ गते सोमबार वैशाख  कृष्ण पक्षको चतुर्थी तिथि। तदनुसार सन् २०२६ अप्रिल ६  तारिख।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सम्पत्ति खर्च गर्न नजान्दा घाटा हुनेछ । बौद्धिक व्यक्तिको सहयोग लिएर अगाडि बढेमा दिन सहज बन्नेछ । विपक्षी साथीले साथ दिनेछन् । कार्यसूची तयार गरेर अगाडि बढेमा दीर्घकालीन योजना बन्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ ।

वृष : दिन सामान्य छ । थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ । अचानक पेट सम्बन्धी समस्या हुनसक्छ । शिक्षामा गरेको प्रयासबाट फाइदा हुनेछ । गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । काम गर्दा सचेत बन्नुपर्ने समय छ ।

मिथुन : साथीभाइ दाहिना रहेका छन् । अप्ठेरो अवस्थामा साथीले साथ दिनेछन् । स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । कुनै कुराले मन अशान्त बन्नेछ । धार्मिक व्यक्तिसँगको भेटले महत्त्वपूर्ण काम बन्नेछ ।

कर्कट : चुनौतीको सामना गर्नुपर्ने समय छ । खर्च बढ्नेछ । अनुत्पादक क्षेत्रको लगानीलाई कटौती गर्नुपर्ने समय छ । स्वास्थ्यको ख्याल नगर्दा रोगले सताउने छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ ।

सिंह : बौद्धिक क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने समय छ । शिक्षामा गरेको प्रयासमा ढिलासुस्ती हुने भएकाले धैर्यताको आवश्यकता देखिन्छ । परिवारको व्यावस्थापनका लागि चनाखो बन्नुपर्ने समय छ । स्वास्थ्यले साथ दिनेछ ।

कन्या : सम्पत्ति खर्च हुँदा मन अशान्त बन्नेछ । जसले गर्दा उत्पादन घटाउने जोखिम छ । व्यापारमा अगाडि नबढ्नु राम्रो हुनेछ । चिसोबाट सचेत बन्नुपर्ने समय छ । राज्यको कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ ।

तुला : दिन राम्रो छ । सहकार्यमा अगाडि बढ्नु भन्दा एकल लगानीबाट फाइदा हुनेछ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । राज्यले सेवाको अवसर दिनेछ । दक्षिणको लामो यात्रा नगर्नु उचित हुन्छ ।

वृश्चिक : सम्पत्तिको सदुपयोग गर्नु राम्रो हुनेछ । स्वास्थ्यमा गढबढी हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । व्यापारमा थप मिहिनेत गर्नु उचित हुनेछ ।

धनु : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । बोलीका कारण साथीभाइ टाढा हुने भएकाले सचेत बन्नुपर्नेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी दलभन्दा पनि राज्यको तर्फबाट त्रास बढ्नेछ ।

मकर : सञ्चित धन खर्च हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा ढिलासुस्ती हुनेछ । धैर्य भएर अगाडि बढेमा नतिजा राम्रो प्राप्त हुनेछ । परिवारसँग मेल मिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भ : दिन सामान्य छ । साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ । वैदेशिक रमझमले मन आकर्षित गर्नेछ । राजनीतिक क्षेत्रमा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । शिक्षामा मिहिनेतको खाँचो छ ।

मीन : लामो समयदेखि सहकार्य गरेका साथीले विरोध गर्नेछन् । शिक्षाको क्षेत्रमा चुनौती बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा संकटको समाधान हुनेछ । बिहान उठेर धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ५ : १२ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि