न्यायाधीशहरुले हेरे बन्दी प्रत्यक्षीकरणको मुद्दा, प्रधानन्यायाधीशले राजीनामा दिनपर्ने अडान यथावत « Khabarhub

न्यायाधीशहरुले हेरे बन्दी प्रत्यक्षीकरणको मुद्दा, प्रधानन्यायाधीशले राजीनामा दिनपर्ने अडान यथावत


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरू आज  काममा फर्किएका छन् ।

प्रधानन्यायाधीशसँग भएको वार्तापछि असन्तुष्ट न्यायाधीशहरूले सोमबार बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै आदेशसमेत जारी गरेका छन् ।

प्रधानन्यायाधीशसँगको वार्ता सकारात्मक बन्दै गएको भन्दै उनीहरू इजलास फर्किएका हुन् । बन्दीका रिटसमेत सुनुवाइ नगरेको भन्दै आलोचना खेपिरहेका न्यायाधीशहरू जबराले बन्दीका रिटमा मात्र इजलास तोकेपछि सुनुवाइमा सहभागी भएका हुन् ।

प्रधानन्यायाधीशले उचित समयमा मार्गप्रशस्त गर्ने बचन दिए मंगलबारदेखि सबै मुद्दाको सुनुवाइमा सहभागी हुने निर्णयसहित उनीहरू सोमबार बन्दीका मुद्दा हेर्न सहमत भएको एक न्यायाधीशले बताए ।

‘हामीले गठन गरेको तीन सदस्यीय वार्ता टोलीका न्यायाधीशहरु सपनामल्ल प्रधान,अनिलकुमार सिन्हा र मनोजकुमार शर्मासंग प्रधानन्यायाधीश राणाले आफू प्रशासनिक काममात्र हेर्ने, इजलाशमा नबस्ने, गोलाप्रथाबाट पेशी तोक्नेदेखि अरु सबै सुधारका काममा सहयोगी बन्ने र ६ महिनाभित्रै राजीनामा गर्ने बताउँनुभएको छ तर अझै धेरै स्पष्ट भइसकेको छैन,’ नाम नबताउने शर्तमा खबरहबसंग उनले भने,’ उहाँले छिटो नछाडेसम्म हामी बन्दीप्रत्यक्षीकरणको बाहेक अरु कुनैपनि मुद्दा नहेर्ने अडानमै छौँ। आजै पुन अर्को वार्तापछि उहाँले कहिले कसरी राजीनामा दिने भन्ने टुंगोमा पुग्छ, हामी अदालतमा राजनीतिक हस्तक्षेपभन्दा पनि प्रधानन्यायाधीश राणा स्वयंले छिटो मार्गप्रशस्त गरुन् भन्ने चाहन्छौं।अर्को छलफलपछि थप निर्णय हुन्छ।’

प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्न उचित समय र वातावरण माग गरेपछि न्यायाधीशहरू केही समय ‘पर्ख र हेर’को अवस्थामा पुगेको उनको भनाइ छ । तर जबराले अझै पनि स्पष्ट भाषामा राजीनामा दिन्छु भनेर भने नभनेको ती न्यायाधीशले बताएका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  २ : ५५ बजे

भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा भएको सडक दुर्घटनामा ज्यान

प्रचण्डनिकट सरल सहयात्री भन्छन्-  कुलमानजी तपाईं घर फर्किनुस्  

काठमाडौं– पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका नेता सरल

बाँकेको खजुरापिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

जानकी– हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की

विशेष महाधिवेशनको ‘काउन्टर’ मा हुने भनिएको युवा भेला स्थगित

काठमाडौं- ​नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् वरिष्ठ पत्रकार होमनाथ दाहालको

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले