बैंकहरुकै कारण तरलता अभाव : गभर्नर « Khabarhub

बैंकहरुकै कारण तरलता अभाव : गभर्नर


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर लगानीका लागि बैंकबाट शेयर कर्जा लिन सीमा तोक्ने नीतिलाई तत्काल परिवर्तन नगर्ने संकेत गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा गर्भनर अधिकारीले शेयर लगानीका लागि बैंकबाट दिने ४ र १२ करोडको सीमा नहट्ने संकेत गरेका हुन् ।

शेयर बजार अत्यन्तै संवेदनशील क्षेत्र भएको भन्दै उनले यसलाई खुला छाड्यो भने आकार बढ्दै जाने तर्क गरे । शेयर बजारप्रति कुनै धारणा बनाउन उक्त नीति नल्याएको भन्दै उनले साना लगानीकर्तालाई पनि अवसर दिन ल्याएको नीति भएको धारणा राखे ।

त्यस्तै अधिकारीले तरलता कम भएकै कारणले ऋण लिनै नपाउने अवस्था आउन नदिने बताए । बैंकहरुमा भएको तरलता अभाव बैंकहरुकै कारण भएको उनको भनाइ छ ।

गभर्नर अधिकारीले तरलताका लागि करिब ७ खर्ब रुपैयाँको सुरक्षण बेच्ने क्षमता रहेकाले तरलता अभाव हुन नदिने बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ४ : ५१ बजे

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल