बैंकहरुकै कारण तरलता अभाव : गभर्नर « Khabarhub

बैंकहरुकै कारण तरलता अभाव : गभर्नर


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर लगानीका लागि बैंकबाट शेयर कर्जा लिन सीमा तोक्ने नीतिलाई तत्काल परिवर्तन नगर्ने संकेत गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा गर्भनर अधिकारीले शेयर लगानीका लागि बैंकबाट दिने ४ र १२ करोडको सीमा नहट्ने संकेत गरेका हुन् ।

शेयर बजार अत्यन्तै संवेदनशील क्षेत्र भएको भन्दै उनले यसलाई खुला छाड्यो भने आकार बढ्दै जाने तर्क गरे । शेयर बजारप्रति कुनै धारणा बनाउन उक्त नीति नल्याएको भन्दै उनले साना लगानीकर्तालाई पनि अवसर दिन ल्याएको नीति भएको धारणा राखे ।

त्यस्तै अधिकारीले तरलता कम भएकै कारणले ऋण लिनै नपाउने अवस्था आउन नदिने बताए । बैंकहरुमा भएको तरलता अभाव बैंकहरुकै कारण भएको उनको भनाइ छ ।

गभर्नर अधिकारीले तरलताका लागि करिब ७ खर्ब रुपैयाँको सुरक्षण बेच्ने क्षमता रहेकाले तरलता अभाव हुन नदिने बताए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ४ : ५१ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक