महाधिवेशनको मिति अब कुनै पनि हालतमा हेरफेर हुँदैन : पौडेल | Khabarhub Khabarhub

महाधिवेशनको मिति अब कुनै पनि हालतमा हेरफेर हुँदैन : पौडेल


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो पटक पार्टी महाधिवेशनको सार्वजनिक गरिएको समयतालिका नै अन्तिम रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन धनुषाले सोमबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले यसपटक तोकिएकै मितिमा पार्टी महाधिवेशन हुने र अब महाधिवेशन कार्यतालिका कुनै पनि हालतमा हेरफेर नहुने बताए । उनले भने,, “यसपटक तोकिएको महाधिवेशन तालिकामा कुनै किसिमको फेरबदल हुँदैन । मङ्सिर २४ देखि २६ मै महाधिवेशन हुन्छ ।” कांग्रेसमाथि जनताको भरोसा बढेको उल्लेख गर्दै उनले कांग्रेसलाई जनताको थप भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दह्रिलो संवाहक बनाउन आफू लागि परेको जिकिर गरे।

वरिष्ठ नेता पौडेलले पार्टी सभापतिमा मधेसी समुदायबाट बने पनि फरक नपर्ने बताउँदै भने, “पार्टीको सभापतिमा टीका लगाएर दिने कुरा आउँदैन, सभापतिमा मधेसबाट नै बने फरक पर्दैन तर यसको निर्णय कार्यकर्तामा छोड्नुपर्दछ ।”

पार्टी नेतृत्वमा पुस्तान्तरणभन्दा रूपान्तरणको आवश्यकता भएको उल्लेख गर्दै उनले रूपान्तरणका लागि कार्यक्रम, योजना, सोच, विचार राम्रो ल्याएर राष्ट्र हाँक्ने र प्रतिपक्षीसँग सामना गर्न सकिने नेतृत्व चाहिएको बताए । उनले भने, “युवा, महिला, मधेशी, पहाडी, जनजातिभन्दा राष्ट्र हाँक्न सक्ने व्यक्तिको माग छ ।”

नेता पौडेलका अनुसार सबैलाई एक ढिक्का बनाएर अगाडि बढ्न सक्ने, राष्ट्रलाई हाँक्न सक्ने व्यक्तिलाई पार्टी सभापतिको जिम्मेवारी दिइनुपर्ने जनाए । उनले भने, “पार्टीको सभापतिको जिम्मेवारी दिने जिम्मा कांग्रेसी कार्यकर्ताको जिम्मामा छोड्नु पर्छ, न कि भागबण्डाको आधारमा दिइनुपर्छ ।”

वरिष्ठ नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवा सेटिङको आधारमा नभई संविधानको मर्म तथा विधि प्रक्रियाअनुसार नै प्रधानमन्त्री बनेको बताए। उनले वर्तमान अवस्थाको सरकार गठबन्धनको भए पनि आगामी निर्वाचनमा कांग्रेसले एक्लै चुनाव लड्ने स्पष्ट पारे ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ६ : ५४ बजे

कर्णाली सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र

सडक स्तरोन्नतिका लागि सम्झौता

तनहुँ– तनहुँको व्यास नगरपालिकाका चार वडा जोड्ने सडक स्तरोन्नतिका लागि

विपन्न विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ– स्थानीय लालीगुराँस सेवा समाजले आर्थिक रूपले विपन्न चार विद्यार्थीलाई

आगालागीबाट दुई घर र ‘कृषि फार्म’ जलेर नष्ट

सर्लाही– जिल्लाको दुई छुट्टाछुटै स्थानमा भएको आगलागीमा दुई घर र