१८ गड्डी तास बोकेर नर्सरीमा जुवा, प्रहरीको छापा « Khabarhub

१८ गड्डी तास बोकेर नर्सरीमा जुवा, प्रहरीको छापा


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नर्सरीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले बाँकेको खजुराबाट दुई जनालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका–२ स्थित नर्सरीमा जुवा खेलिरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा जानकी गाउँपालिका–३ का २८ बर्षिय अशोक बर्मा र भारतको बहराइच जिल्ला रुपैडिहा बस्ने ४० बर्षीय राधे बर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

न्यौपानेकाअनुसार उनीहरुको साथबाट ६० हजार ५०० नगद र १८ गड्डी तास बरामद गरिएको छ । नर्सरीमा जुवा खेलिरहेको भन्ने सूचना पाएपछि खोजतलास गर्दै प्रहरी पुगेपछि शनिबार राति ९ बजे नर्सरीमा जुवा खेलिरहेकै बेला दुई जना पक्राउ परेका थिए ।

प्रहरी पुगेको सुइँको पाएपछि जुवा खेलिरहेका करिब आधा दर्जन बढी जुवाडेहरु भागेको जनाइएको छ । प्रहरीले घर, पसल र होटलमा जुवातास खेल्नेमाथि निगरानी बढाउन थालेपछि जुवाडेहरु गाउँ नजिकका नर्सरी र जंगललाई सुरक्षित ठानेर लुकिछिपी जुवा अखडा चलाउन थालेका छन् ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ७ : ४५ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले