एमालेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न « Khabarhub

एमालेको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सम्पन्न


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक मंगलबार चितवनको सौराहामा सकिएको छ । बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद ज्ञापन गरेको छ ।

बैठकमा सहभागी केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार बैठकमा नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले अब हुने तीन तहको निर्वाचनमा एकल बहुमत आउने गरी लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। पार्टीलाई अझ थप सङ्गठित बनाइ अगाडि बढ्ने उनको भनाइ थियो । ज्ञवालीका अनुसार अध्यक्ष ओलीले यही मङ्सिर २५ र २६ गते केन्द्रीय कार्य समितिको बैठक आह्वान गरेका छन्।

यही मङ्सिर १० गते नारायणगढमा उद्घाटन भएको नेकपा एमालेको १०औँ महाधिवेशनले नयाँ कार्य समिति चयन गर्दै मंगलबार सम्पन्न भएको हो । केन्द्रीय समिति ३०१ सदस्सीय रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : २७ बजे

आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट

काठमाडौं– सङ्घीय संसद् दुवै सदनको अधिवेशन यही वैशाख २८ गते

अनुमतिबिना यार्सागुम्बा संकलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु– अनुमतिविना यार्सागुम्बा संकलनका लागि गएका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको

यस्ता छन् शुक्रबारको मन्त्रिपरिषद् बैठकका ४ निर्णय 

काठमाडौं– मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संघीय संसद्को संयुक्त बैठक आह्वान

सरकारले १५ जना अवैतनिक दूतहरूलाई पदबाट हटायो

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले विदेशस्थित १५ जना अवैतनिक दूतहरूलाई

हिरासबाट छुटेपछि शेखर गोल्छा लेख्छन् : अब काममा फर्किएँ

काठमाडौं– व्यवसायी शेखर गोल्छा काममा फर्किएका छन् । धितोपत्र र