मोटोपन बढेर चिन्तित हुनुहुन्छ भने यी खानेकुरा खानुहोस् « Khabarhub

मोटोपन बढेर चिन्तित हुनुहुन्छ भने यी खानेकुरा खानुहोस्


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोटोपन अहिले धेरै मानिसको चिन्ताको विषय हो । यस्तोमा शरीरको वजन घटाउन मानिस बजारमा पाइने औषधीदेखि तौल घटाउने उत्पादनसम्मको प्रयोग गर्न पछि पर्दैनन् । तर कतिपय यस्ता कुराले स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउन सक्छ । यस्तोमा शरीरको अनावश्यक बोसो घटाई प्राकृतिक तरिकाले मोटोपन घटाउन निम्न उपाय लाभदायी हुन्छ ।

– ग्रिन टी

पछिल्लो केही वर्षमा ग्रिन टिको लोकप्रिय बढ्दै छ । ग्रिन रीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरीरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ ।

– केरा

धेरैले केराको सेवनले वजन बढ्ने मान्यता राख्छन् । तर केरामा भरपुर मात्रामा पोटासियमले फास्ट फुडको लतलाई कम गर्न मद्दत गर्दछ साथै तौल कम हुँदै जान्छ ।

– लसुन

लसुन एक प्राकृतिक एन्टीबायोटिक भएकाले यसले सुगरलाई नियन्त्रित गर्ने काम मात्र गर्दैन शरीरमा ती हर्मोनलाई सक्रिय पार्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन ।

– पुदीना

एक कप मनतातो पानीमा पुदीनाका केही पात हालेर (इच्छा अनुसार मह पनि हाल्न सकिन्छ) नियमित पिएमा यसले पेटको बोसो कम गर्न प्रभावकारी भूमिका खेल्दछ ।

– दालचीनी

तौल घटाउन नियमित दालचीनीको सेवन अत्यन्त फाइदाजनक हुन्छ । बिहानको नास्ता भन्दा पहिले र सुत्नुभन्दा पहिले एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाइ दैनिक दुई पटक पिउँदा केही दिनमा मोटोपन कम हुन्छ ।

– ओमेगा थ्रीयुक्त खाना

पालुङ्गो, चिज, ओखर, अण्डा लगायतमा ओमेगा थ्री तत्त्व पाइन्छ । यसले शरीरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्दछ ।

– स्याउ

स्याउ खाएर पनि बढेको बोसोलाई घटाउन सकिन्छ । स्याउमा हुने पोटासियमले धेरै बेरसम्म भोक लागेको महसुस हुँदैन । जसले तौल कम गर्न मद्दत गर्दछ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : ३७ बजे

सुनको मूल्यमा एकै दिन ९ हजार रुपैयाँ बढीले वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा भारी वृद्धि भएको छ

नवलपरासीको धौवादी फलाम खानीबाट धाउ उत्खननको योजना

काठमाडौँ– धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन– चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक वर्षमा

धुर्मुस-सुन्तलीजस्तै नयाँ नेतृत्व पनि पलायन हुनुपर्ने अवस्था आउन सक्छ: शङ्कर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले स्पष्ट योजना र

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

काठमाडौँ– विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने