‘ड्रागन वर्ल्ड’ ल्याउदै साकार | Khabarhub Khabarhub

‘ड्रागन वर्ल्ड’ ल्याउदै साकार


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–‘लिटिल बुद्ध’का रुपमा परिचित र्‍यापर साकार दुई वर्षपछि ‘ड्रागन वर्ल्ड’ नामक एलबम लिएर नेपाली सांगीतिक क्षेत्रमा आउने भएका छन् । उनले एलबम आउनु भन्दा अगाडि आउने ‘इपी ड्रागर फायर’मा रहेर तीन गीत सार्वजनिक गरेका छन् ।

उनले वर्ल्ड टुरको पनि घोषणा गरेका छन् । उनको यो टुरमा र्‍यापर, गायकगायिका, निर्माता, फेसन डिजाइनर, मोडल, कलाकार र मनोरञ्जन क्षेत्रको चर्चित अनुहारको सहभागिता हुनेछ ।

उनले आगामी डिसेम्बर ४ मा ठमेलको सुगर केटीएममा ‘लिटिल बुद्ध लाइभ’ नामक कन्सर्ट गर्दैछन् । साकारले तीन वर्षपछि पहिलोपटक कन्सर्ट गर्न लागेका हुन् ।

‘हामी नेपाली संगीत र मनोरञ्जनको उद्योगको भविष्यका लागि उत्साहित छौं । अर्बौ डलरको हलिउड, बलिउड, के–पप, जापानीज मनोरञ्जन उद्योग, युरोपिन र अमेरिकन फेसन हाउसको स्थानसम्म पुग्नका लागि हाम्रो टिम प्रतिबद्ध छ’, साकारले भनेका छन् । साकारको टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १० : ३७ बजे

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु