बार पदाधिकारीसँग प्रचण्डले भने : सभामुख स्वेदश फर्केपछि निष्कर्षमा पुग्नेगरी कुरा गर्छु (भिडियो) « Khabarhub

बार पदाधिकारीसँग प्रचण्डले भने : सभामुख स्वेदश फर्केपछि निष्कर्षमा पुग्नेगरी कुरा गर्छु (भिडियो)


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।

बुधबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्डलाई भेटेर बारले ज्ञापन पत्र बुझाएको हो । सो क्रममा माओवादी अध्यक्ष प्रचण्डले यस बिषयमा राजनीतिक दलहरुबीच छलफल भइरहेको बताए ।

अहिलेको बिषय न्यायपालिकाको मात्र नभई राज्य प्रणालीसंग सम्बन्धीत बिषय भएको भन्दै उचित तवरले सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । उनले सभामुख नेपाल फर्केलगतै यस बिषयमा निष्कर्षमा पुग्नेगरी छलफल गर्ने बताए ।

स्पेन भ्रमण सकेर सभामुख अग्नि सापकोटा स्वदेश फर्किँदैछन् ।

बारले यसअघि अन्य दलका नेताहरुलाई भेट्दै राणालाई महाभियोग लगाउन १७ बुँदे आरोपपत्र बुझाइसकेको छ ।
डेढ महिना यता बारले प्रधानन्यायाधी राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

राणाबाहेकको फुलकोर्ट बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेपछि सो निर्णय बुधबारदेखि कार्यान्वयनमा आएको छ । बुधबार सर्वोच्च अदालतमा पहिलो पटक गोलाप्रथाबाट पेशी तोकिएको छ । प्रधानन्यायाधीश राणा कोरोना संक्रमित भएर सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा उपचाररत छन् । तर उनले विदा भने लिएका छैनन् ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : ४६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्