चितुवाको छालासहित ३ जना पक्राउ « Khabarhub

चितुवाको छालासहित ३ जना पक्राउ


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँबाट चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । एयरपोर्टस्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ बन्यजन्तु चितुवाको करिब २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको १ थान छालासहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका ३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका २ घर भएका २८ वर्षीय बिशाल तामाङ, गोकर्णेश्वर नगरपालिका ३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका २ घर भएका ३२ वर्षीय विनोद तामाङ र गोकर्णेश्वर नगरपालिका ३ बस्ने चितवन राप्ती नगरपालिका १ बस्ने ४२ वर्षीय कामी सिंह स्याङ्तान रहेका छन् ।

दुर्लभ चितुवाको छाला अबैध रुपमा विक्री वितरण गर्नको लागि लुकाई ल्याई राखेको छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चितुवाको छाला सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद छालासहित आवश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय काठमाडौँमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : ०५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी