चितुवाको छालासहित ३ जना पक्राउ « Khabarhub

चितुवाको छालासहित ३ जना पक्राउ


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँबाट चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । एयरपोर्टस्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ बन्यजन्तु चितुवाको करिब २ फिट २ ईन्च लम्बाई र ७ ईन्च चौडाई भएको १ थान छालासहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका ३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका २ घर भएका २८ वर्षीय बिशाल तामाङ, गोकर्णेश्वर नगरपालिका ३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका २ घर भएका ३२ वर्षीय विनोद तामाङ र गोकर्णेश्वर नगरपालिका ३ बस्ने चितवन राप्ती नगरपालिका १ बस्ने ४२ वर्षीय कामी सिंह स्याङ्तान रहेका छन् ।

दुर्लभ चितुवाको छाला अबैध रुपमा विक्री वितरण गर्नको लागि लुकाई ल्याई राखेको छ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त चितुवाको छाला सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई बरामद छालासहित आवश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय काठमाडौँमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : ०५ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको