राष्ट्रपति भण्डारीबाट रेल्वेलगायत ६ वटा अध्यादेश जारी « Khabarhub

राष्ट्रपति भण्डारीबाट रेल्वेलगायत ६ वटा अध्यादेश जारी


१५ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार ध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीले यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र रेल्वे अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ती अध्यादेशहरू जारी गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ। यी मध्ये केही अध्यादेश ओली सरकारका पालामा पनि ल्याइएका थिए । तर, ओली सरकारका पालामा संसदबाट यी अध्यादेश पारित हुन नसकेपछि निष्क्रिय बनेका थिए ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : ३६ बजे

प्रि-ओपन सेसन नेप्सेमा करिब ०.१७ अंकले वृद्धि

काठमाडौँ – प्रि-ओपन सेसनमा आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको

कर्णाली प्रदेशसभाको बैठक आज बस्दै

सुर्खेत – कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा सचिवालयका

भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुँदै

काठमाडौँ –  झापाको बेलडांगीमा भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुने

प्रधानमन्त्री प्रचण्डविरुद्ध अदालतमा रंगकर्मीहरूको रिट

काठमाडौँ – नाट्यकर्मीहरूको एक समूह सरकारविरुद्ध आन्दोलित भएको छ ।

कराते महासङ्घको अध्यक्षमा दोहोरिए लामा

भरतपुर – नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा