विश्वभर ५ करोड ९६ लाखभन्दा बढीले जिते कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर ५ करोड ९६ लाखभन्दा बढीले जिते कोरोना भाइरसको संक्रमण


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर ५ करोड ९६ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ४३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ५ लाख ५२ हजारभन्दा बढीमा संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७० प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ५ करोड ९६ हजार २१ हजार नाघेको छ ।

अहिलेसम्म १८ लाख ६४ हजार ३५४ संक्रमितको मृत्यु भएको छ । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ९ हजारभन्दा धेरैको मृत्यु भएको छ ।

२७ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात सक्रिय संक्रिमतको संख्या २ करोड २८ लाख ९६ हजार ९२२ छ । यसमध्ये १ लाख ६ हजार ५५७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । संक्रमणबाट विश्वमा सबैभन्दा धेरै असर परेका अमेरिकामा २ करोड ६ लाखभन्दा बढी संक्रमित भएका छन् । ३ लाख ५६ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् ।

संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।

प्राप्त विवरणअनुसार बेलायतमा पहिलो पटक देखिएको नयाँ प्रजातिको भाइरस कोरोना भाइरसको उद्भव भनिएको चीनमा पनि देखिएको छ । फ्रान्स, अमेरिका, भारतमा पनि नयाँ प्रजातिको भाइरस पुष्टि भएपछि फेरि कडिकडाउ गरिएका छन् ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ६ : ५५ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख