सुरक्षा खर्च बढाउने ट्रम्पको प्रस्ताव अमेरिकी संसदबाट अस्वीकार « Khabarhub

सुरक्षा खर्च बढाउने ट्रम्पको प्रस्ताव अमेरिकी संसदबाट अस्वीकार


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा खर्च बढाउन गरेको प्रस्तावलाई अमेरिकी संसदले अस्वीकार गरेको छ ।

राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गरेर ल्याउन खोजेको सुरक्षा खर्च बढाउने विधेयकलाई उनकै पार्टीका सांसदहरुले समेत अस्वीकार गरेका छन् ।

राष्ट्रपति ट्रम्पको कार्यकाल सकिनै लागेका बेला भिटो अधिकारलाई पहिलो पटक संसदले अस्वीकृत गरेको हो ।

यसअघि आठ वटा विधेयक भिटो प्रयोग गरेर कानून बनाएका ट्रम्पको सुरक्षा सम्बन्धी विधेयक भने संसदको तल्लो सदनले अस्वीकृत गरेको हो ।

राष्ट्रपतिले भिटो अधिकार प्रयोग गरेर ल्याएका विधेयकहरु दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने कानुनी व्यवस्था छ । संसदको यो कदमले सुरक्षा प्रणाली कमजोर बनाउने ट्रम्पले टिप्पणी गरेका छन् ।

 

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ९ : २५ बजे

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,

युरोपियन युनियनसँग ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौतापछि भारत उत्साहित

काठमाडौं- भारत र युरोपियन युनियन (ईयू) बीच स्वतन्त्र व्यापार सम्झौता

भदौ २३ को आन्दोलनमा हताहतीबारे ओलीका पाँच तर्क, सुरक्षाकर्मीले कानुनको पालना गरेको जिकिर

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ गते

हिमपातले रुकुम पूर्वको जनजीवन प्रभावित

रुकुम पूर्व– रुकुम पूर्वमा हिमपातका कारण जनजीवन प्रभावित बनेको छ