कामदार मालिक बनेपछि.... | Khabarhub Khabarhub

कामदार मालिक बनेपछि….


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- दुई दशक अघि अर्काको पुस्तक पसलमा सहयोगी भएर काम थाल्नुभएका एक युवक अहिले पुस्तक पसल मात्रै होइन, पब्लिकेशनको मालिक बनेका छन् ।

उनकै क्रियाशीलतामा जिल्लाका लेखकले पुस्तक लेख्ने र छपाउने गर्न थालेका छन् । गैँडाकोट नगरपालिका–७ गैह्रीका लेखराम सापकोटाले विसं २०५७ मा एसएलसी परीक्षा दिएसँगै पुस्तक पसलमा काम गर्न थाले ।

नारायणगढको मिलनरोडमा रहेको पाण्डे पुस्तक पसलमा सहयोगीका रुपमा सापकोटाले दुई वर्ष काम गरे । त्यसपछि उहाँका दुई वर्ष काठमाडौँको एशिया पब्लिकेशनमा बित्यो ।

यसपछिका छ वर्ष मलेसिया, कतार र संयुक्त अरब इमिरेटस्मा बिताउनुभएका सापकोटा फेरि फर्किएर यहाँकै मास्के पुस्तक भण्डारमा काम थाले ।

चार वर्ष त्यहाँको अनुभवपछि विसं २०७१ भदौमा सापकोटाले साथीसँग मिलेर पुस्तक पसल खोल्ने निर्णयमा पुगे ।

सुनगाभा पुस्तक पसल उनको साझेदारी पुस्तक पसल थियो । त्यसको थप अनुभव लिँदै जाँदा अहिले उनले एकल स्वामित्वको ‘सम्पूर्ण किताब पसल’ खोलेका छन् । साथीसँग मिलेर थोक व्यापारका लागि काठमाडौँको भोटाहिटीमा सम्पूर्ण किताब पसल पनि छ ।

उनले भने, ‘भोटाहिटीको हामी दुई जनाको साझेदारीमा खुलेको पसल हो । यो मेरो निजी हो ।’

यससँगै युरेका पब्लिकेशनको उनी एकजना साझेदार हो जसले हालसम्म ३० वटा पुस्तक प्रकाशन गरिसकेको छ । युरेकाको प्रबन्ध निर्देशकसमेत रहेका सापकोटाको व्यावसायिक सम्बन्ध साङ्ग्रिला पब्लिकेशनसँग पनि छ ।

सम्पूर्ण किताब भन्नासाथै जिल्लामा साहित्यिक पुस्तक भण्डारका रुपमा धेरैले चिन्दछन् । भरतपुर महानगरपालिका वडा नं १ बालकुमारी कलेज रोडमा रहेको यस पुस्तक पसलमा अन्य पाठ्यपुस्तक पनि पाइन्छ ।

पुस्तक पसलमा बिहानदेखि साँझ अबेरसम्म जिल्ला र बाहिरबाट आएका साहित्यकार जुट्ने गर्दछन् । पुस्तक पसलमा सापकोटाले आफैँले कमाएर रु ५० लाखभन्दा बढी लगानी गरिसकेका छन् ।

यहाँको आम्दानी पुस्तक पसलमा थपिँदै गएको छ । सापकोटाले भने, ‘पुस्तक पसलमा अहिले हेर्दा रु एक करोडभन्दा बढीका पुस्तक छन् ।’

एक हजार २०० मासिक पारिश्रमिक लिएर काम शुरु गरेका सापकोटालाई श्रममा विश्वास गर्ने र सरल व्यक्तिका रुपमा धेरैले चिन्दछन् ।

फुर्सदको समयमा कायाकैरन दैनिक र त्यसको अनलाइन संस्करणमा समाचारसमेत लेख्ने साहित्यिक व्यक्तित्व सापकोटा जिल्लामा पठन संस्कृतिको विकासमा आफू लागेको बताउँछन् ।

जिल्लाका लेखकको प्रकाशनको आधारसमेत बनेका सापकोटा भन्छन्, ‘लेखन र पठन संस्कृतिको विकासले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ ।’ के कति सकिन्छ आफू यसैमा लागिरहने उनी बताउँछन् ।

मास्के पुस्तक पसलमा काम गर्दा त्यहाँ बिक्रीका लागि आएका पुस्तकको फोटो खिचेर फेसबुकमा राखेर लेखक र साहित्यकारमाझ पुर्‍याउने गरेका सापकोटाकोमा अहिले साहित्यकार आफैँ आउँछन् ।

पुस्तक व्यवसायबाटै एक भाइ र तीन बहिनीको बिहे मात्रै होइन, परिवार सञ्चालन गरेर व्यवसायसमेत बढाउन उनी सफल भएका छन् ।

आख्यानकार वसन्त पराजुली भन्छन्, ‘निरन्तरको मिहिनेत र मिजासिलो स्वभावकै कारण सापकोटा सफल भए।’

कामलाई सानो नभनी त्यसबाट अनुभव संगाल्दै  निरन्तर लागिरहने हो भने सफलता मिल्छ भन्ने उदाहरण बनेका छन्  ३७ वर्षीय सापकोटा । – रासस

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  १० : १० बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

 काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

के दिनहुँ कपालमा कन्डिसनर लगाउनु हुन्छ, यी कुरामा ध्यान दिनुहोस् 

काठमाडौं– जाडो होस् या गर्मी, हरेक मौसममा कपालको हेरचाह आवश्यक

रूसी राष्ट्रपति पुटिन चाँडै भारत भ्रमणमा निस्कने तय

नयाँदिल्ली– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन छिट्टै भारत भ्रमणमा आउँदैछन् ।

क्यानडाका प्रधानमन्त्री भन्छन्, ‘अमेरिकासँगको पुरानो सम्बन्ध सकियो’

ओटावा – क्यानडाका प्रधानमन्त्री मार्क कानीले अर्थतन्त्रका साथमा कडा सुरक्षा

आयोजना प्रभावितलाई सीपमूलक तालिम

दमौली– एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रभावित