बिग बास लिगमा सन्दीपको उत्कृष्ट प्रदर्शन, मेलवर्न स्टार्सविरुद्ध लिए २ विकेट « Khabarhub

बिग बास लिगमा सन्दीपको उत्कृष्ट प्रदर्शन, मेलवर्न स्टार्सविरुद्ध लिए २ विकेट


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अष्ट्रेलियामा जारी बिग बास क्रिकेट लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

यो सिजनको आफ्नो पहिलो खेलमा उनले २ विकेट लिन सफल भएका हुन ।

होवर्ट ह्युरिकेन्सको तर्फबाट खेलेका सन्दीपले पहिलो खेलमा ४ ओभर बलिङ गर्दै ३८ रन दिएर २ विकेट लिएका हुन् ।

मेलवर्न स्टार्सविरुद्धको खेलमा उनको टोली होबार्ट हुरिकेन्स २१ रनले विजयी भयो ।

पहिले ब्याटिङ थालेको हुरिकेन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो ।

दाविद मालानले हुरिकेन्सका लागि सर्वाधिक ७५ रन स्कोर गरे । जवाफी ब्याटिङ गरेको मेलवर्नलाई १ सय ४३ रनमै समेट्ने क्रममा स्टक बोल्यान्डले तीन, सन्दीप लामिछाने र नाथान इलिजले दुई–दुई तथा जोहान बेथाले १ विकेट लिए ।

सन्दीपले आफ्नो पहिलो ओभरमै हिल्टन कार्टराइटलाई ८ रनमै बोल्ड गरे । त्यस्तै, बेन डंकलाई सन्दीपको बलमा म्याक डेर्मोटले क्याचआउट गरे । डंकले केवल २ रनमात्रै बनाउन पाए ।

होबार्ट हुरिकेन्स यस जितपछि दोस्रो स्थानमा उक्लिएको छ । अहिलेसम्म खेलेका ७ खेलमध्ये उसले ५ खेल जितेको छ । शीर्ष स्थानमा सिड्नी थन्डर्स छ ।

कोरोना संक्रमित भएका कारण उनी समयमै बिगवास खेल्नका लागि नेपालबाट अस्ट्रेलिया जान पाएनन् । अस्ट्रेलिया गएर थप १४ दिन क्वारेन्टाइन बस्दा उनले सुरुवाती ६ खेल गुमाएका थिए ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ४ : ३३ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६