निर्वाचन तोकिएकै मितिमा हुन्छ : पूर्वमन्त्री बाँस्कोटा « Khabarhub

निर्वाचन तोकिएकै मितिमा हुन्छ : पूर्वमन्त्री बाँस्कोटा


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमै हुने दाबी गरेका छन् ।

राष्ट्रिय युवा संघ नेपाल धुलिखेल नगर कमिटीद्वारा नेकपा केन्द्रीय कमिटी तथा अनेरास्ववियु केन्द्रीय कमिटीमा जिल्लाबाट मनोनीतलाई सम्मानार्थ आज आयोजित कार्यक्रममा उनले निर्वाचन नसर्ने उल्लेख गर्दै निर्वाचनमा को कहाँ भन्ने हैसियत जनताले निर्धारण गरिदिने बताए ।

“निर्वाचन कुनै पनि हालतमा सर्दैन, निर्वाचनमा जनताले मतद्वारा जहाँ राख्छन् हामी त्यही बस्न तयार छौँ”, बाँस्कोटाले भने, “हामी जित्नका निम्ति कुनै हर्कत गर्दैनौँ, देशका निम्ति कुन नेता चाहिन्छ जनताले आफैँले फैसला गर्नेछन् ।”

उनले संविधानको धारा–८५ मा संसद् विघटनको अधिकार रहेको जिकिर गर्दै यसबारे निर्वाचनमा जान नचाहनेले जनतामा भ्रमण फैलाइरहेको बताए ।

उनले भने, “संविधानमा संसद् विघटन नभएको खण्डमा सरकारको अवधि पाँच वर्षको रहनेछ भन्ने उल्लेख गरिएको छँदाछँदै चुनावमा जान नचाहनेले जनतामा भ्रम छरेका हुन्, यो भ्रम बिस्तारै चिरिनेछ ।”

उनले निर्वाचनमा जनताको घरदैलोमा जाँदा सरकारले गरेको कामको ‘फियरिस्त’ लिएर जाने बताए ।

“फियरिस्तले वर्तमान सरकारले कुनै काम गरेन भनेर आलोचना गर्नेको मुख बन्द हुन्छ”, उनले भने, “नीति, सिद्धान्तमा प्रतिस्पर्धा नगरी पदको निम्ति पार्टीभित्र झगडा गर्नेले झैँ हामी पदका निम्ति जनतालाई बलिदानी दिने विचारक हैनौँ ।”

हाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा निर्माणको चरणमा रहेको उनले बताए ।

कार्यक्रममा जिल्लाबाट नेकपा केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने १२ र अनेरास्ववियु केन्द्रीय कमिटीमा मनोनीत १५ जनालाई सम्मान गरिएको थियो ।

सो अवसरमा नेकपा केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य चन्द्र लामा, नेकपा केन्द्रीय सदस्य एवं जिल्लाध्यक्ष अशोक ब्याञ्जू, नेकपा केन्द्रीय सदस्य रीता ढकाल, युवा सङ्घ नेपालका जिल्ला अध्यक्ष विक्रम चौलागाईंलगायतले मनोनीत नेतालाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ४ : ४० बजे

काठमाडौंमा यस वर्षको पहिलो हिउँदे वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा आज यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ

‘सरकारले जनताको विश्वास जित्न सकेन, मन्त्रीले सुशासनको एजेण्डालाई लत्त्याए’

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले जेन-जी आन्दोलनपछि बनेको सरकारले जनताको विश्वास जित्न

संयुक्त राष्ट्र सुरक्षा परिषदले ‘होडैदा मिसन’ बन्द गर्दै

काठमाडौं– संयुक्त राष्ट्र सुरक्षा परिषदले यमनको ‘होडैदा’ क्षेत्रमा सञ्चालन हुँदै

आफ्नै थातथलोमा उम्मेदवारीबाट वञ्चित बन्दै नेवार समुदाय

काठमाडौं– काठमाडौं विशेषगरी नेवाः सभ्यताको धनी ठाउँ हो । तर,

संघीयता खारेजीको एजेन्डासहित जनमोर्चाले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको