‘प्रचण्ड–माधव’लाई ओलीको कटाक्ष : भेट्नो कुहिएर झरेका फल (भिडियोसहित) « Khabarhub

‘प्रचण्ड–माधव’लाई ओलीको कटाक्ष : भेट्नो कुहिएर झरेका फल (भिडियोसहित)


१८ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड ‘र माधवकुमार नेपाललाई समूहलाई सुन्तला खानका लागि सल्लाघारीतिर गएर नहुने तर्क गरेका छन् ।

काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो भनेका हुन । उनले भने, ‘सुन्तला खान त सुन्तला घारीतिर जानुपर्छ सल्लाघारीतिर गएर हुँदैन।’

प्रधानमन्त्री ओलीले उनीहरुको ध्यान सत्ताका लागि मात्रै भएको आरोप लगाए । अब पार्टीलाई सुदृढ बनाएर काम गर्ने दाबी गरे।

उनले ‘दाहाल-नेपाल’लाई खिया लागेको नटबोल्टको संज्ञा  समेत दिएका छन् । उनले दुईवटा नटबोल्ट फुक्लिँदा पार्टी गतिशील भएको बताए ।

तीनवर्षदेखि पार्टी गतिशील हुन नसकेको भन्दै उनले अब पार्टीले गति लिएको दाबी गरे । उनले पार्टीबाट हटाएका मान्छेहरुले विभिन्न स्थानमा भेला गरेको भन्दै आक्रोश समेत पोखे ।

पेरिसडाँडामा पत्रकार सम्मेलन गर्ने प्रचण्ड र माधव समूहलाई उनले रत्नपार्कमा सिसीमा औषधि बेच्नेहरुसँग तुलना गरे ।

‘अलि अलि मान्छे त रत्नपार्कमा सिसीमा औषधि बेच्नेले पनि भेला पार्छ । उहाँहरुको हालत त्यही हो ।’

ओलीले नेकपामा असली र नक्कलीको प्रसंग कोट्याउँदै नेकपा ‘बरमजियाको पेडा पसल’ जस्तो नभएको बताए । ‘बरमजियाको पेडा पसल हो र असली र नक्कली भनेर भन्नलाई ?’

सूर्य चिन्हका लागि दाहाल-नेपाल समूहले निर्वाचन आयोगमा दर्ता गरेको निवेदनका विषयमा ओलीले भने, ‘उहाँहरुले सूर्य चिह्न हामीलाई दिनुस् भनेर निवेदन हालेछन् । जसको घर हो उ निवेदन हाल्न जान्छ ? जसको जमिन हो उ निवेदन हाल्न जान्छ ? जसको गाडी हो उ मेरो हो भनेर जानुपर्छ ? हामी निवेदन हालेर जानुपर्ने अवस्था छैन । हामी पार्टीको विधानअनुसार पार्टी सञ्चालन गरिरहेका छौँ । भेट्नो कुहेर झरेका फलले रुखै मै हुँ भनेर दाबी गर्ने ? आउनुस् बैठकमा निमन्त्रणा गरेका छौँ ।’

हेरौँ भिडियो

ओलीले आफूहरु देशको लागि लडेको तर उनीहरु छोराछोरीका लागि लडेको बताए ।

“हामी छोरा-छोरी, भाइ-बहिनीका लागि लडेका छैनौँ । हामी देशको भविष्यका लागि लडेका छौँ । कसको धन्दा कता, कसको कता, कसैको धन्दा खानतिर । अचम्म लाग्छ,” ओलीले भने, “दुईटा गुटको एउटा समीकरण पार्टी पार्टी रहेन । त्यो अवस्थामा उहाँहरुले पुर्‍याउनुभयो ।’

अध्यक्ष दाहालले पार्टीको काम नगरेर गुट सञ्चालन गरेर काम गर्न नदिएको समेत आरोप लगाए।

‘पार्टी एकताको काम तीन महिनामा सक्नुपर्ने थियो। तर, उहाँहरूले न पार्टीको काम गर्नुभयो न त सरकारलाई नै काम गर्न दिनुभयो,’ उनले भने।

प्रकाशित मिति : १८ पुस २०७७, शनिबार  ४ : ५९ बजे

पूर्वप्रेमिकालाई दिएको उपहार फिर्ता माग्ने सिङ्गापुरका एक जनाले मुद्दा हारे

काठमाडौं- सिङ्गापुरका एक व्यक्तिले आफ्नी पूर्वप्रेमिकालाई प्रेम सम्बन्धमा रहँदा दिएको

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष