कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका « Khabarhub

कांग्रेस महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका

तीन ठाउँमा तोकियो मतदानस्थल


१९ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुनेछ । कटुवालका अनुसार सोमबार साँझ ५ बजे मतदाता नामावली प्रकाशन हुनेछ।

यसैगरी ५ देखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोध, ६ः३० देखि ७ः३० सम्म दाबीविरोध उपर जाँचबुझ र बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यस्तै, असोज २० गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता हुनेछ । सोही दिन अपरान्न ४ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने अपराह्न ४ः३० देखि साँझ ५ः३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध, ५ः३० देखि ६ः३० सम्म दाबीविरोध उपर जाँचबुझ र बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

यसैगरी असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र उम्मेदवारी सच्याउन निवेदन दिने कार्यतालिका छ। सोही दिन बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। त्यसपछि असोज २१ गते उम्मेदवारले दिनभर प्रचारप्रसार गर्न पाउने छन्।

असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव कटुवालले जानकारी दिए ।

मतदानका लागि तीन स्थान तोकिएको छ । राष्ट्रिय सभागृहमा बागमती प्रदेश भित्रका मतदाताहरुले मतदान गर्न पाउँनेछन् ।

यसैगरी खुल्लामञ्चमा कोशी प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश तथा भ्रातृ एवम् शुभेच्छुक संस्था तथा जनसम्पर्क समितिबाट प्रतिनिधि भएकाहरुले मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

प्रज्ञा भवनमा तोकिएको मतदान केन्द्रमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका प्रतिनिधिहरुले मतदान गर्न पाउँनेछन् । मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार  ९ : ५१ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको